कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ « Khabarhub

कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कतारबाट नेपाल आएका सप्तरी राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएर राख्ने दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एमडी सहनी र अजिम अली रहेका छन् ।

नेपाल आएलगतै सिकेन्द्र यादवलाई बन्धक बनाइएर उनीहरुले यादवको परिवारसंग ४ लाख ८० हजार मागेका थिए ।

 कतारबाट एक व्यक्तिले यादवलाई सुन दिएर पठाएको र नेपाल ओर्लेपछि यादवले ल्याएको सुन अर्कै व्यक्तिले बुझेपछि उनलाई बन्धक बनाएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । घटनाको जानकारी पाउने बितिकै अनुसन्धानका लागि टोली खटिएको र सिनामंगलमा यादवलाई हातखुट्टा बाँधेर राखेको अवस्थामा उद्धार गरिएको उनले बताए ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिभिन्न देश पठाइदिन्छु भनी नक्कली कम्पनी खडा गरि वैदेशिक रोजगारमा जान खोज्ने नेपालीलाई लाखौ ठगी गर्ने गिरोहलाई समेत पक्राउ गरि सार्वजनिक गरेको छ । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ४७ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद