शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत « Khabarhub

शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


35.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हस्तरेखा ज्योतिषका अनुसार व्यक्तिको शरीरमा हुने कोठीको निकै ठुलो महत्त्व हुन्छ । उनिहरुका अनुसार शरीरको जुन भागमा रातो कोठी हुन्छ त्यो शुभ फलदायक हुन्छ ।

तर कालो कोठीले भने अवस्था अनुसार शुभ तथा अशुभ दुबै फल दिने गर्दछ । घाटी आसपासमा पलाउने मासु (मुसा)को पनि कोठी झैँ महत्त्व हुने गर्दछ । शरीरको कुन अंगमा आउने कोठीको असर कस्तो ?

१. निधारको मध्य भागमा कोठी

हस्तरेखा ज्योतिषका अनुसार जुन व्यक्तिको निधारको मध्य भागमा कोठी हुन्छ ती निकै भाग्यमानी हुन्छन्। हरेक क्षेत्रमा यी व्यक्तिलाई सफलता प्राप्त हुन्छ ।

२. ओठमा कोठी

जुन स्त्री वा पुरुषको ओठ माथि दायाँतर्फ कोठी छ ती व्यक्तिको जीवनसाथीसंगको सम्बन्ध प्रेमपूर्ण हुन्छ । तर यसको विपरीत बायाँ ओठमा कोठी भएमा जीवनसाथीसंग मतभेद हुने गर्दछ ।

३. टाउकोमा कोठी

जुन व्यक्तिको टाउकोमा दायाँ वा बायाँ कोठी छ ती व्यक्ति अत्यन्त धनी हुनेछन् । तर टाउको मध्य भागमा कोठी हुनेहरूले भने धन कमाए पनि भोग विलासका सुखमा खर्च गर्दछन् ।

४. छातीको बायाँतर्फ

जुन मानिसको छातीको बायाँतर्फ कोठी वा मुसा पलाएको हुन्छ ती व्यक्तिको विवाह अधिक उमेरको नहुन्जेल हुँदैन । यस्ता व्यक्ति कामुक तथा मुटु रोगका बिरामी हुने सम्भावना हुन्छ ।

५. तल्लो ओठमा कोठी

जुन व्यक्तिको तल्लो ओठमा कोठी हुन्छ ती व्यक्ति खानपानका सौखिन हुने गर्दछन् । यस्ता व्यक्ति आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न सक्दछन् ।

६. हत्केलामा कोठी

हस्तरेखा ज्योतिष अनुसार हत्केलामा कोठी हुनेहरू जीवनमा अपार सफलता प्राप्त गर्ने सामर्थ्य राख्दछन् । यिनीहरू आत्मविश्वासी हुन्छन् ।

७. औलामा हुने कोठी

हस्तरेखा ज्योतिषका अनुसार औलामा कोठी हुने व्यक्ति विवादास्पद हुने गर्दछन् । यस्ता व्यक्तिले जति नै राम्रो काम गरे पनि जस कहिल्यै प्राप्त हुँदैन ।

८. पेटमा कोठी

जुन व्यक्तिको पेटमा कोठी हुन्छ ती व्यक्ति भोजनलाई प्रिय मान्दछन् । यदि नाइटोको बायाँ तर्फ कोठी भएमा ती व्यक्तिमा पेटको रोग हुने सम्भावना हुन्छ । तर नाइटोको मुनी कोठी भएमा यौन रोगको सम्भावना रहन्छ ।

९. घाटीमा कोठी

जुन मानिसको घाटीमा कोठी हुन्छ त्यस्ता व्यक्ति आवाज राम्रो हुने गर्दछ । साथै यस्ता व्यक्ति आफ्नो आवाजका कारण कमाउने र व्यावसायिक सफलता प्राप्त गर्ने हुन्छ ।

१०. कानको कोठी

कानको कुनै पनि भागमा कोठी भएका व्यक्तिले राम्रो कमाउने र उनीहरुको जीवनशैली भव्य हुन्छ संकेत गर्दछ । तर यी अंगमा कोठी हुनेहरुमा बचत गर्ने बानी हुँदैन ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : २० बजे

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने