इङ्ल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने | Khabarhub Khabarhub

इङ्ल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङ्ल्याण्डका खेलाडी प्लेअफका लागि उपलब्ध नहुने भएका छन् । 

इङ्ल्याण्डले आगामी टी-२० विश्वकपको तयारीका लागि भन्दै आफ्ना खेलाडीलाई लिगचरणका खेलपछि फिर्ता बोलाएको हो ।

इङ्ल्याण्डले विश्वकपको तयारीका लागि पाकिस्तानसँग टी-२० सिरिज खेल्ने बताएको छ ।

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि छनोट भएका सबै खेलाडी पाकिस्तानविरुद्धको टी–२० सिरिजका लागि उपलब्ध हुनुपर्ने बताएको छ । टोलीमा छनोट भएका खेलाडी इङ्ल्यान्ड फर्कनेछन् ।

आइपिएलको फाइनल खेल मे २६ मा हुनेछ । प्लेअफमा क्वालिफायर–१, एलिमिनेटर, क्वालिफायर–२ र फाइनल गरी कुल ४ खेल हुनेछन् ।

इङ्ल्याण्डका आठ खेलाडीले आइपिएल खेलिरहेका छन् । जसमा जोस बटलर (राजस्थान रोयल्स), मोइन अली (चेन्नई सुपर किंग्स), जोनी बेयरस्टो, साम कुरान, लियाम लिभिङ्स्टन (तीनै पञ्जाब किंग्स), विल ज्याक्स, रीस टोपले (दुवै रोयल च्यालेन्जर्स बैंगलोर) र फिल साल्ट (कोलकाता नाइट राइडर्स) बाट खेलिरहेका छन् । यी सबै खेलाडीले आईपीएल प्लेअफ गुमाउने छन् ।

इङ्ल्याण्डले पाकिस्तानसँग मे २२ देखि मे २८ सम्म ४ टी-२० खेल खेल्ने बताएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ३९ बजे

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

जलवायु परिवर्तनको क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं– संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड

आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।