कमल थापा भन्छन्- ‘राष्ट्रवादी शक्तिहरू एकजुट भएर नयाँ शिराबाट सोच्नुपर्ने समय आयो’ « Khabarhub

कमल थापा भन्छन्- ‘राष्ट्रवादी शक्तिहरू एकजुट भएर नयाँ शिराबाट सोच्नुपर्ने समय आयो’


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँ शिरा बाट सोच्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको तराई मधेस  र पूर्वाञ्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुरावस्थाबाट पार पाउन ठुलो छातिका साथ राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए । 

पद, प्रतिष्ठा, स्वार्थ र महत्वाकांक्षालाई विसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।

वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको समेत उल्लेख गरे । 

अहिलेको भ्रष्टतन्त्र र मनपरीलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

इलाममा पार्टी संगठन कमजोर रहेको ,प्रचार अभियान प्रभावकारी नभएको र साधन श्रोतको अभावले थोरै भोट आउनु स्वभाविक भएको समेत उनले बताए । बैठकमा पार्टीका विभिन्न पदाधिकारी र जिल्ला अध्यक्षहरूले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ४८ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान