आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट « Khabarhub

आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट

कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा ५ प्रतिशत


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबार बैंकको शेयरमूल्यमा ४४ रुपैयाँ २० पैसाले अर्थात् १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

मंगलबारको कारोबारमा बैंकको शेयर प्रतिकित्ता ४८६ रुपैयाँ पुगेको छ । आज न्यूनतम ४४५ रुपैयाँ ६० पैसा र अधिकतम ४८६ रुपैयाँ २० पैसा पुगेको छ । सोसँगै बैंकको शेयर कारोबार मंगलबारको बन्द हुनुभन्दा अगाडि नै बन्द भएको थियो ।

बैंकको ५२ लाख ५० हजार कित्ता शेयर रहेको छ । जसमा ३० प्रतिशत सर्वसाधारणको शेयर छ भने ७० प्रतिशत प्रवर्द्धकको छ । आज लागेको सकारात्मक सर्किटसँगै कम्पनीको मार्केट क्यापिटल २ अर्ब ५५ करोड २५ लाख ५० हजार पुगेको छ ।

९ महिनामा खराब कर्जा ५ प्रतिशत 

बैंकको शेयरमा सकारात्मक सर्किट लागेपनि खराब कर्जा भने ५ प्रतिशत पुगेको छ । जुन मापदण्डअनुसार खतराको संकेत हो । खराब कर्जा बढ्दै जानु भनेको बैंकले लगानी गरेको पैसा उठाउन नसकेको भन्ने बुझिन्छ ।

बैंकले सार्वजनिक गरेको चालु आव ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा ४.९५ प्रतिशत छ । अर्थात् बैंकले जम्मा कर्जा जारी गरेको मध्ये करिब ५ प्रतिशत कर्जा ३ महिना यता उठेको छैन ।

बैंकको खराब कर्जा बढेका कारण नाफामा समेत गिरावट आएको छ । गत वर्षको ९ महिनाको अवधिमा भन्दा चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद नाफा ३३।०८ प्रतिशतले घटेको छ । चालु आवको ९ महिनामा बैंकले ८७ लाख २४ हजार ७५० रुपैयाँ मात्र खुद नाफा गरेको हो ।

प्रतिशेयर आम्दानी पनि न्यून

बैंकको चालु आवको ९ महिना अवधिमा प्रतिशेयर आम्दानी पनि न्यून रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको ९ महिनामा प्रतिशेयर आम्दानी वार्षिक १ रुपैयाँ ६६ पैसा मात्र छ ।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा र बैंकको शेयर तरलता अनुपात ६१।८१ प्रतिशत छ । बैंकको ९ महिना ५८ दिनमा ६ लाख ३४ हजार ७९४ कित्ता शेयर कारोबार भएको छ ।

बैंकको शेयर दोस्रो बजारमा न्यूनतम प्रतिकित्ता ३६२ रुपैयाँ ६० पैसा र अधिकतम ४७५ रुपैयाँसम्म कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : २८ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री