आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट « Khabarhub

आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट

कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा ५ प्रतिशत


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबार बैंकको शेयरमूल्यमा ४४ रुपैयाँ २० पैसाले अर्थात् १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

मंगलबारको कारोबारमा बैंकको शेयर प्रतिकित्ता ४८६ रुपैयाँ पुगेको छ । आज न्यूनतम ४४५ रुपैयाँ ६० पैसा र अधिकतम ४८६ रुपैयाँ २० पैसा पुगेको छ । सोसँगै बैंकको शेयर कारोबार मंगलबारको बन्द हुनुभन्दा अगाडि नै बन्द भएको थियो ।

बैंकको ५२ लाख ५० हजार कित्ता शेयर रहेको छ । जसमा ३० प्रतिशत सर्वसाधारणको शेयर छ भने ७० प्रतिशत प्रवर्द्धकको छ । आज लागेको सकारात्मक सर्किटसँगै कम्पनीको मार्केट क्यापिटल २ अर्ब ५५ करोड २५ लाख ५० हजार पुगेको छ ।

९ महिनामा खराब कर्जा ५ प्रतिशत 

बैंकको शेयरमा सकारात्मक सर्किट लागेपनि खराब कर्जा भने ५ प्रतिशत पुगेको छ । जुन मापदण्डअनुसार खतराको संकेत हो । खराब कर्जा बढ्दै जानु भनेको बैंकले लगानी गरेको पैसा उठाउन नसकेको भन्ने बुझिन्छ ।

बैंकले सार्वजनिक गरेको चालु आव ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा ४.९५ प्रतिशत छ । अर्थात् बैंकले जम्मा कर्जा जारी गरेको मध्ये करिब ५ प्रतिशत कर्जा ३ महिना यता उठेको छैन ।

बैंकको खराब कर्जा बढेका कारण नाफामा समेत गिरावट आएको छ । गत वर्षको ९ महिनाको अवधिमा भन्दा चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद नाफा ३३।०८ प्रतिशतले घटेको छ । चालु आवको ९ महिनामा बैंकले ८७ लाख २४ हजार ७५० रुपैयाँ मात्र खुद नाफा गरेको हो ।

प्रतिशेयर आम्दानी पनि न्यून

बैंकको चालु आवको ९ महिना अवधिमा प्रतिशेयर आम्दानी पनि न्यून रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको ९ महिनामा प्रतिशेयर आम्दानी वार्षिक १ रुपैयाँ ६६ पैसा मात्र छ ।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा र बैंकको शेयर तरलता अनुपात ६१।८१ प्रतिशत छ । बैंकको ९ महिना ५८ दिनमा ६ लाख ३४ हजार ७९४ कित्ता शेयर कारोबार भएको छ ।

बैंकको शेयर दोस्रो बजारमा न्यूनतम प्रतिकित्ता ३६२ रुपैयाँ ६० पैसा र अधिकतम ४७५ रुपैयाँसम्म कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : २८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली