एकीकृत समाजवादीले कुनै दललाई प्रधानशत्रु नभन्ने, जबजको पनि विरोध नगर्ने « Khabarhub

एकीकृत समाजवादीले कुनै दललाई प्रधानशत्रु नभन्ने, जबजको पनि विरोध नगर्ने


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि दललाई प्रधान शत्रु किटाण नगर्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी उपाध्यक्ष तथा १० औँ महाधिवेशन आर्थिक परिचालन कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले यसो भनेका हुन् ।

उपाध्यक्ष एवम् आर्थिक परिचालन समितिका संयोजक प्रमेश हमालको अध्यक्षतामा बसेको बैठकमा पार्टीको महाधिवेशन पनि तोकिएकै समयमा हुने बताएका छन् ।

‘हामीले दुई पटक महाधिवेशन सारिसकेका छौँ। यसबारे तपाईंलाई जानकारी छ, विभिन्न कार्यक्रममा व्यस्त भयौँ। मुलुकको राजनीतिक तरल बन्यो। विभिन्न कारण बाधक बने’, उनले भने, ‘अब तोकिएको समयमै हुन्छ। सामान्य कारणले महाधिवेशन सर्दैन। त्यसअघि पार्टी स्थायी कमिटी र पोलिटब्युरो बैठक गर्नुपर्नेछ। दस्तावेज निर्माण सकिएको छ। त्यसलाई तलसम्म पठाउनुपर्छ ।’

अध्यक्ष नेपालले यस पटक राजनीतिक दस्तावेजमा कुनै दललाई पनि सत्रुका रुपमा उल्लेख नगरिने बताए ।

‘हाम्रो पार्टीको राजनीतिक दस्तावेजमा कुनै खास दललाई प्रधान सत्रु किटान गरिने छैन। राजनीतिक अन्तरविरोधको सन्दर्भमा कुनै पार्टी विशेषलाई हामीले अहिले शत्रु घोषणा गरेर जान आवश्यक छैन’, उनले भने, ‘जनताको बहुदलीय जनवादबारे पनि हामीले नकारात्मक टिप्पणी गर्न आवश्यक छैन ।’

अध्यक्ष नेपालले नेपाली विशेषताको समाजवादमा पनि जबजका मान्यताले काम गर्ने भएकाले आलोचना गर्नु उचित नहुने बताए ।

अध्यक्ष नेपालले पार्टीको क्यूआरकोड उद्घाटन गर्दै २५ हजार जम्मा गरेका छन् ।

नेपालले पार्टीको १०औँ महाधिवेशन सफल पार्न सहयोग गर्न पार्टी पंक्ति तथा शुभेच्छुकलाई अनुरोध गरेका छन् ।

बैठकमा अध्यक्ष नेपालले आगामी (असार १६-२० मा तोकिएको) पार्टीको १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पारे ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : २० बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण