भीरबाट लडेर एक जनाको मृत्यु « Khabarhub

भीरबाट लडेर एक जनाको मृत्यु


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ। सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घाँस काट्नलाई जङ्गल गएका लिम्बूको लेक्सेन भीरबाट लडेर मृत्यु भएको हो। निकै अप्ठ्यारो उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनाको खबरपछि इलाका प्रहरी कार्यालय तेल्लाकका प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। यता घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ५९ बजे

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा