आज २०८१ साल जेठ १७ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल जेठ १७ गते बिहीबारको राशिफल


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ १७ गते बिहीबार तदनुसार सन् २०२४ मे ३० तारिख। जेठ कृष्ण पक्षको सप्तमी तिथि। गोरखकाली पूजा। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। समयको सदुपयोग गर्न नसके समस्या हुनसक्छ। पूर्व योजना सफल बन्नेछन्। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृष : समय रमाइलो छ। साथीको सकारात्मक साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। प्राविधिक शिक्षामा उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको सहकार्य फलदायी हुनेछ।

मिथुन : धन भन्दा मान कमाउने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। ठुला मान्छेको सहयोग लिएमा काम सफल हुनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। लगानीको अवसर प्राप्त भएमा अगाडि बढ्ने उपयुक्त समय आएको छ।

कर्कट : चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ। सामाजिक कामको आलोचना हुनेछ। विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : समय राम्रो छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। श्रम र लगानी भएमा शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्या : दिन राम्रो छ। भौतिक सुख र सुविधामा मन जानेछ। शिक्षामा गरेको लगानीबाट प्रतिफल राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट सुधारका सकारात्मक संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उत्साह बढ्नेछ। समाजमा सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने समय आएको छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। दुई पांग्रे सवारी साधनमा यात्रा गर्दा सचेत हुनुपर्ने देखिन्छ।

धनु : नयाँ योजनाले दीर्घकालसम्म काम गर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको लगानीले उत्साह थप्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : धन बढाउने दिन छ। व्यापारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : ग्रहको फल अनुसार आजको दैनिकी चल्नेछ। शनिदेव सकारात्मक भए ठुलो उन्नति हुनेछ। तपाईंको जन्म कुण्डली हेरेर मात्र भविष्यवाणी गर्न सकिन्छ। परिवारले भने सहयोग गर्ने देखिन्छ।

मीन : दैनिकी राम्रो छ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। आर्थिक उन्नति हुने योग छ। साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ। परिवारको सिर्जनात्मक साथ र सहयोग प्राप्त होला।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : ०४ बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को