डेल्टादेखि केपीसम्म : नेपालमा देखिएका कोरोनाका कुन भेरियण्ट कति घातक ? | Khabarhub Khabarhub

डेल्टादेखि केपीसम्म : नेपालमा देखिएका कोरोनाका कुन भेरियण्ट कति घातक ?


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१९ मा कोभिड–१९ विश्वभर महामारीको रुपमा फैलियो। लाखौं मानिसको ज्यान गयो। जसबाट नेपाल पनि अछुतो रहेन। झण्डै दुई वर्ष लामो बन्दाबन्दीले आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रमा ठुलो क्षति भयो। जसको असर अहिलेसम्म परिरहेको छ।

वल्डोमिटरको तथ्याङ्क अनुसार नेपालमा मात्रै १० लाख ३ हजार ४ सय ५० जनामा कोरोनाको संक्रमण भएको छ भने १२ हजार ३१ जनाले ज्यान गुमाए। संक्रमित मध्ये ९ लाख ९१ हजार ३ सय २२ जना निको भएको तथ्याङ्कमा उल्लेख छ।

त्यो बेलाको डर त्रास अर्को आतंक थियो। अहिले पनि कोरोनाका नयाँनयाँ भेरियण्ट नेपालमा पनि आइरहेका छन्। तर अहिले सबैले यसलाई सामान्य रोगका रुपमा लिएका छन्। सोही अनुसार रोग फैलिने सम्भावना पनि कम हुँदै गएको चिकित्सक बताउँछन्। तर बालबालिका, बृद्धबृद्धा र दीर्घरोगीले भने आवश्यक शतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ।

विश्वव्यापी महामारीका रुपमा कोभिड संक्रममण फैलिएदेखि अहिलेसम्म नेपालमा ११ सय ५७ भेरियण्ट भेटिएका छन्। जसमध्ये १५ वटा भेरियण्ट र बाँकी सव भेरियण्ट छन्।

नेपालमा कोभिडका कतिवटा भेरियण्ट देखिए ?
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोनाको पहिलो लहर फैलिँदा कस्तो हो ? कुन भेरियण्ट हो भनेर खासै चर्चा भएन। दोस्रो लहरमा डेल्टा भेरियण्ट भन्ने आयो। जसलाई सुरुमा इण्डियन भेरियण्ट भनेर चिनिन्थ्यो। त्यसमा भारतले आपत्ति जनाएपछि डेल्टा भेरियण्ट भनेर नाम दिइयो। डेल्टा भाइरसको लहर आउँदा सबैभन्दा धेरै मानिसको मृत्यु भएको उनले बताए।

त्यसभन्दा पछि पनि सार्स, जे एन वान, ओमिक्रोन लगायत धेरै भेरियट विभिन्न देशबाट नेपलमा भित्रिएको डा. पुनको भनाइ छ। अहिले फैलिएको ओमिक्रोनको सव भेरियण्ट केपी वानको संक्रमण पनि धेरै जनामा फैलिएको उनले बताए। उनका अनुसार धेरै संक्रमित अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पनि पुगेका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याङ्क अनुसार विश्वव्यापी महामारीका रुपमा कोभिड संक्रममण फैलिएदेखि अहिलेसम्म नेपालमा ११ सय ५७ भेरियण्ट भेटिएका छन्। जसमध्ये १५ वटा भेरियण्ट र बाँकी सव भेरियण्ट छन्। अहिले भेटिएको केपी वान, केपी टु पनि ओमिक्रोनकै सव भेरियण्ट भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीको भनाइ छ।

उनले भने, ‘‘अहिले आएको केपी वान, केपी टु पनि ओमिक्रोनकै सव भेरियण्ट हो र यसका केपी थ्रि र फोर गरी चार वटा प्रकार छन्। यी सबै कोरोनाकै प्रकार भएकाले यसको संक्रमणबाट बच्न कोरोनकाकालमा हामी सबैले अपनाए जस्तै सतर्कता अपनाउनु राम्रो हुन्छ।’

कोरोना संक्रमणको अहिलेको अवस्था
अहिले पनि कोरोनाकै जस्तै लक्षण भएको भाइरल संक्रमण फैलिएको सरुवा रोग विशेषज्ञ पुनले बताए। उनले भने घरका सम्पूर्ण सदस्यमा रुघाखोकी ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने जस्ता समस्या देखिरहेका छन्। यो समस्या हुँदा कतै कोरोना त होइन भन्ने धेरै बिरामीहरु उपचारका लागि आउने गरेका छन्। उनका अनुसार अहिले कोरोनाको चेकजाँच पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका बिरामीको मात्रै गर्ने गरिएको छ।

अहिले फैलिएको केपी भेरियण्टले बालबालिका र बृद्धबृद्धालाई अलि बढी असर गर्ने देखिएको उनले बताए। किनकी सरकारले केपी वान केपी टु भेरिएण्टबारे कुरा गरी रहँदा टेकु अस्पतालमा बालबालिका र बृद्धबृद्धा धेरै थिए। त्यसैले बालबालिका, बृद्धबृद्धाहरु तथा दीर्घ रोगीले एकदमै सतर्कता अपनाउनुपर्ने उनले बताए।

कोरोनाले आगामी दिनमा के कस्तो रुप लिन सक्छ ?
डा. पुनका अनुसार कोरोनाकालमा एक्कासी फैलिएर महामारीको रुप लिएको जस्तो हुने सम्भावना छैन। तर कोरोना पुर्ण रुपमा हराइसकेको छैन।

डा. पुन भन्छन्, ‘अहिले सरकारले सार्वजनिक गरेको केपी भेरियण्ट पनि जनवरीमा नै आइसकेको हो। त्यो बेलामा टेकु अस्पतालमा भर्ना भएका बिरामीमा कोभिडका लक्षण देखिएका थिए। तर सरकारले अहिले आएर मात्रै यो सार्वजनिक गरेको छ।’

अन्य भाइरल संक्रमण जस्तै यसका पनि विभिन्न सव भेरियण्ट नेपाल लगायत विश्वभर नै देखिरहेको उनको भनाइ छ।
पहिलेको जस्तै महामारी नफैलिए पनि दीर्घ रोगीहरु बालबालिका र बृद्धबृद्धाका लागि घातक हुनसक्ने भएकाले बेवास्ता नगरी आवश्यक शतर्कता अपनाउन डा. पुनको सुझाव छ।

 

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ७ : ०५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः