ऐनापहरामा ‘एक कर्मचारी, एक फूलको बिरुवा’ रोप्ने अभियान « Khabarhub

ऐनापहरामा ‘एक कर्मचारी, एक फूलको बिरुवा’ रोप्ने अभियान


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा गाउँपालिका अन्तर्गतका कर्मचारीको व्यक्तिगत खर्चमा फूलको बिरुवा रोपिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको कर्मचारीको बैठकले ऐनापहरालाई सुन्दर बनाउन एक कर्मचारी एक फूलको बिरुवा रोप्ने निर्णय भएको हो ।

ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यसको सौन्दर्य कायम गर्न कर्मचारीको व्यक्तिगत खर्चमा गमलासहितको फूलको बिरुवा रोप्ने निर्णय भएको शर्माले जानकारी दिए ।

त्यसका लागि गाउँपालिकाका कर्मचारीको सहभागितामा ऐनापहरामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ ।

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माणको काम जारी छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए ।

चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक दुई सयभन्दा बढी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माण थालिएको छ ।  उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ११ : ०० बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ