नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : गगन थापा « Khabarhub

नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : गगन थापा


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’ कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त ‘रेमिट्यान्स’ भएको बताएका छन् ।

महामन्त्री थापाले प्रत्येक वर्ष झण्डै पाँच लाख नेपालीलाई रोजगारी आवश्यक परे पनि देशले रोजगार दिन नसकेका कारण विदेशिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । आगामी एक दशक नेपालका लागि वैदेशिक रोजगार यथार्थ भएको उनको भनाइ थियो ।

पूर्वमन्त्रीसमेत रहेका थापाले विसं २०४६ को परिवर्तनपछि तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारको पालमा निजी क्षेत्रबाट धेरै उद्योगधन्दा सञ्चालन भए पनि दशवर्षे जनयुद्ध र देशको राजनीतिक अस्थिरताका कारण बन्द भएको जिकिर गरे ।

महामन्त्री थापाले नेपाली कांग्रेसको संगठन विस्तारमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको ठूलो भूमिका रहने बताए । पार्टीले वैदेशिक रोजगारीको क्षेत्रमा नीति बनाउँदै गर्दा एशोसिएसनले महत्त्वपूर्ण राय, सल्लाह सुझाव दिने महामन्त्री थापाले अपेक्षा गरे ।

उनले वैदेशिक रोजगार व्यवसायका सम्बन्धमा देखिएका समस्या समाधान गर्नका लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, पारदर्शी, मान र सम्मानका साथ सञ्चालनमा लाग्न उनले व्यवसायीलाई आग्रहसमेत गरे ।

तमु सङ्घ नेपालका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्ने गरी सरकारले नीति बनाउनुपर्ने बताए। उनले सबै व्यवसायीलाई समेटेर अगाडि बढ्न एशोसिएसनलाई आग्रह गरे ।

एशोसिएसनका नवनिर्वाचित अध्यक्ष दीपक थापाले वैदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायी र वैदेशिक रोजगारमा गएका श्रमिकको समस्या समाधानका निम्ति आफ्नो कार्यसमितिले काम गर्ने बताए ।

–––

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  २ : ०१ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी