गर्मी बढेपछि कैलालीका विद्यालय बन्द « Khabarhub

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

टीकापुर– तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन् । 

बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ । कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् । 

बुधबार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ । मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा सो डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले जानकारी दिए। 

कैलालीमा बुधबार २८ वर्षपछि उच्च तापक्रम मापन भएको उनको भनाइ छ । गत वर्ष कैलालीमा ४१ डिग्री सेल्सियस उच्च तापक्रम रेकर्ड भएको थियो । गर्मी बढ्न थालेपछि स्थानीय तहले विद्यालय बन्द गर्न थालेको हो । कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाले आजदेखि २१ गते सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । 

दैनिक रूपमा गर्मी बढिरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय पालिकाले जनाएका छन् । टीकापुरका संस्थागत विद्यालयले भने आजदेखि २६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरेका छन् । 

टीकापुरका सामुदायिक विद्यालयमा जेठ २७ गतेदेखि बर्खे बिदाको तयारी गरिएको थियो । 

कैलालीको जानकी र जोशीपुर गाउँपालिकाका विद्यालय भने बिहान सञ्चालनमा छन् । भजनी नगरपालिकामा भने जसरी विद्यालय र विद्यार्थीलाई सहज हुन्छ त्यसैगरी विद्यालय सञ्चालन गर्न अनुरोध गरेकाले विद्यालयले वातावरण अनुकूल विद्यालय सञ्चालन गरिरहेका छन् । 

जानकी, जोशीपुर र भजनीका अभिभावक भने अझै केही दिन तातो हावा र गर्मी बढ्ने देखिएकाले विद्यालय बन्द गर्नुपर्ने माग गरिरहेका छन् । अभिभावक तेतरानी चौधरीले केही दिन गर्मी बिदा दिएर पछि बिदा मिलान गर्नुपर्ने सुझाव दिए। 

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  २ : ४९ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका