पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै | Khabarhub Khabarhub

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

झापापूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा–लौकही खण्डको ९५.७६ किलोमिटर सडक  पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा स्तरोन्नति गरिँदै छ ।

पूर्वी खण्डको ४५ किलोमिटर सडकमा पुल, कल्भर्ट र माटो भर्ने काम जारी रहेको एभ्रास्कन–कालिका जेभीका कन्ट्र्याक्ट म्यानेजर उज्ज्वल प्रसाईँले बताए। पूर्वी खण्डको पुल र सडक निर्माणको ठेक्का एभ्रास्कन–कालिका जेभीले लिएको छ । पूर्वी खण्डमा १८ पुल र एक सय ४३ कल्भर्ट निर्माण गरिने छ । 

हाल उक्त खण्डमा १० पुलको काम भइरहेको छ । चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी काम भइरहेको प्रसाईँले बताए । द्रुत गतिमा काम सम्पन्न गर्ने लक्ष्यका साथ हाल ६५ निर्माणस्थलमा बक्स कल्भर्टको दुई किनाराको फाउन्डेसन निर्माण भइरहेको छ । बर्खापछि राजमार्गमा आवागमन अवरोध नहुने गरी दुई किनाराबाट सवारी ओहोरदोहोरको व्यवस्था मिलाएर कालोपत्र गरिने उनले बताए । 

हाल राजमार्ग रहेको बीचको भाग भत्काएर नयाँ बनाइने छ । यसरी स्तरोन्नतिको काम गर्दा यातायात अवरुद्ध कम हुन्छ । सडकमा अहिले माटो भर्ने काम भइरहेको छ । डेढ लाख घनमिटर माटो भर्ने कार्य सकिएको र त्यसलाई रोलर मेसिनले सम्याएर सडकको स्वरुप दिने कार्यलाई प्राथमिकता दिइएको प्रसाईँले बताए। 

स्तरोन्नति थाल्नुअघि सडक क्षेत्रका रुख काटिएका थिए । 

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ३ : १५ बजे

कांग्रेस लुम्बिनीले भन्यो- पार्टी नेतृत्व जवाफदेही र लोकतान्त्रिक हुनु पर्‍यो

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनीले मुलुकमा पछिल्लो विकसित घटनाक्रमले पार्टी नेतृत्व

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह

सेनाद्वारा लुटपाट गर्ने थप चार जनासहित ७ नाल हतियार बरामद

काठमाडौं– नेपाली सेनाले महाराजगन्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिहरूसहित ७

विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू)

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएपछि यात्रुको घुइँचो लागेको