सन्दीपलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलायो | Khabarhub Khabarhub

सन्दीपलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलायो


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

स्रोतका अनुसार परराष्ट्रले बुधबार दुतावासलाई नोट पठाएको बुझिएको छ । 

बिहीबार खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लामिछानेसँग भेटे गरेका थिए । भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउँदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गरेका थिए ।

सन् २०१९ मा पनि अमेरिकन दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि दूतावासले बोलाएर सन्दीपलाई भिसा दिएको थियो ।

नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ।

 

 

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ३ : ५८ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा