सन्दीप फेरि निराश, दोस्रो पटक पनि दिएन अमेरिकाले भिसा « Khabarhub

सन्दीप फेरि निराश, दोस्रो पटक पनि दिएन अमेरिकाले भिसा


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ।

यही जुनमा हुन लागेको टी-२० विश्वकप क्रिकेट खेल्न प्रशिक्षणरत उनलाई अमेरिकी दूतावासले अन्तरर्वातामा बोलाएर दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको हो ।

यसअघि ९ जेठमा पनि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसबेला  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको बताएका थिए ।

नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा थियो । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ। अहिले नेपाली टोली अभ्यास म्याचमा ब्यस्त छ ।

बिहीबार मात्रै टियु क्रिकेट मैदानमा प्रशिक्षणरत सन्दीपलाई खेलकुद मन्त्री विराजभक्त महर्जनले भेटेर भिसाका लागि सक्दो पहल गरिदिने आश्वासन दिएका थिए । जेठ ९ मा भिसा रिजेक्ट हुँदा पनि नेपाल क्रिकेट संघ (क्यान) सहितले सन्दीपका लागि पहल गरेका थिए ।

केही सांसद र मन्त्रीहरूले पनि सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासलाई आग्रह गरेका थिए । यस्तोमा बिहीबार अन्तर्वार्तामा बोलाएर सन्दीपलाई दोस्रो पटक पनि भिसा नदिई निराश बनाएको हो ।

यसअघि अमेरिकी दूतावासले सन् २०१९ मा पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

सन् २०१९ मा अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि बोलाएर भिसा दिइएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : १४ बजे

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा