सन्दीप फेरि निराश, दोस्रो पटक पनि दिएन अमेरिकाले भिसा « Khabarhub

सन्दीप फेरि निराश, दोस्रो पटक पनि दिएन अमेरिकाले भिसा


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ।

यही जुनमा हुन लागेको टी-२० विश्वकप क्रिकेट खेल्न प्रशिक्षणरत उनलाई अमेरिकी दूतावासले अन्तरर्वातामा बोलाएर दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको हो ।

यसअघि ९ जेठमा पनि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसबेला  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको बताएका थिए ।

नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा थियो । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ। अहिले नेपाली टोली अभ्यास म्याचमा ब्यस्त छ ।

बिहीबार मात्रै टियु क्रिकेट मैदानमा प्रशिक्षणरत सन्दीपलाई खेलकुद मन्त्री विराजभक्त महर्जनले भेटेर भिसाका लागि सक्दो पहल गरिदिने आश्वासन दिएका थिए । जेठ ९ मा भिसा रिजेक्ट हुँदा पनि नेपाल क्रिकेट संघ (क्यान) सहितले सन्दीपका लागि पहल गरेका थिए ।

केही सांसद र मन्त्रीहरूले पनि सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासलाई आग्रह गरेका थिए । यस्तोमा बिहीबार अन्तर्वार्तामा बोलाएर सन्दीपलाई दोस्रो पटक पनि भिसा नदिई निराश बनाएको हो ।

यसअघि अमेरिकी दूतावासले सन् २०१९ मा पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

सन् २०१९ मा अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि बोलाएर भिसा दिइएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : १४ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको