याकचौँरी कृषक महासंघको अध्यक्षमा पावीहाङ राई « Khabarhub

याकचौँरी कृषक महासंघको अध्यक्षमा पावीहाङ राई


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- याकचौँरी कृषक महासंघको प्रथम महाधिवेशनबाट पावीहाङ राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

बुधवार र बिहीबार दुई दिन काठमाडौंको जोरपाटीमा भएको महाधिवेशनबाट भोजपुरका कृषक पावीहाङ राईको नेतृत्व १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको हो ।

कार्यसमिति उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा दोलखाका लालकुमार केसी, मुस्ताङका सोजन हिराचन, ताप्लेजुङका विशाल लिम्बू र सोलुखुम्बुका आङफुर्वा शेर्पा चयन भएका छन् ।

कार्यसमिति सदस्यमा मनाङका बेदबहादुर गुरुङ, ओखलढंगाकी माया शेर्पा, बाजुराका छिरिङ तोक्पे गुरुङ, सिन्धुपाल्चोका सर्की शेर्पा, हुम्लाका शुक्रबहादुर शाही, सोलुखुम्बुकी पेमा शेर्पा, जुम्लाकी हेमाकुमारी रोकाया बुढा र इलामका सुन्दर राई चयन भएका छन् ।

महाधिवेशनले सल्लाहकार समिति पनि चयन भएको छ । सल्लाहकार समितिमा रामेछापका दावा साङ्बु शेर्पा, मुगुका छुडिम लामा, मनाङका गमबहादुर गुरुङ, म्याग्दीमा प्रेमबहादुर पुर्जा पुन र ताप्लेजुङका खड्गबहादुर गुरुङ छन् ।

अध्यक्ष राईले नेपालका याक तथा चौँरी कृषकहरूका माग उठान, नीतिगत निर्णयका लागि दबाब तथा यस क्षेत्रको अध्ययन तथा अनुसन्धानमा काम गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : २४ बजे

झापामा जङ्गली हात्ती मृत फेला

बनियानी– यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत

भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव हुने

झापा– मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार,

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

ताप्लेजुङ– गत मङ्सिर अन्तिम सातादेखि बन्द  रहेको ७३ मेगावाट क्षमताको

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा – परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एउटै

तोलामा ३ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आज फेरि बढेको छ ।