महानगरलाई सडकको पत्र : न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाइसक्नू « Khabarhub

महानगरलाई सडकको पत्र : न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाइसक्नू


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडक डिभिजन कार्यालय काठमाडौंले बिनाअनुमति भत्काइएको न्युरोडस्थित सडक दुई दिनभित्र दुरुस्त बनाउन काठमाडौं महानगरपालिकालाई भनेको छ ।

डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर नारायणदत्त भण्डारीले बुधबार काठमाडौं महानगरलाई एक पत्र लेख्दै जेठ १२ मा फुटपाथ बढाउने नाममा काटेर भत्काइएको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक शुक्रबारसम्म दुरुस्त बनाउन भनेका हुन् ।

महानगरले उक्त सडक काटेर फुटपाथ बढाउन भन्दै वैशाख १८ गते नै सडक डिभिजनमा पत्र पठाएको थियो । तर सडक डिभिजनले आफूमातहतका सडक खण्डहरूमा विभिन्न कामका लागि जानकारी दिन महानगरबाट पत्र आए पनि अनुमति नदिएको जनाएको छ ।

सडक कटानका लागि सहमति दिनुपूर्व विभिन्न शर्तहरु पूरा हुनु पर्ने आशयको पत्र पठाइसकेको अवस्थामा महानगरले जानकारी नदिएको पनि डिभिजनले जनाएको छ ।

जेठ ३ गते पनि कार्यालयको कार्य क्षेत्रभित्र सहमतिबिना कुनै पनि काम नगर्न-नगराउन भने पनि जेठ १२ गते बिनासहमति न्यूरोडस्थित जुद्ध शालिक- इन्द्रचोक सडक खण्ड खन्ने र भत्काउने काम भएको पत्रमा उल्लेख छ ।

उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ विरुद्ध भएकाले तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन जेठ १३ गते नै पत्र पठाए पनि अटेरी गरिएको डिभिजनले जनाएको छ ।

जेठ १३ को पत्रको महानगर प्रमुख बालेन्द्र शाहले कार्यान्वयन नगरी अटेरी गरेको जनाउँदै डिभिजनले हालसम्म पनि सडक पुन:स्थापना नभएको जनाउँदै दोस्रो पत्र लेखेको हो ।

‘नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरश पालाना गर्नुपर्ने कर्तव्य एवम् दायित्व सबैको हुने कुरा महानगरपालिकालाई विदितै छ’, सडक डिभिजन प्रमुख भण्डारीले भनेका छन्, ‘तसर्थ, भत्काइएको सडकखण्ड २ दिनभित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही अगाडि बढाइने व्यहोरासमेत अनुरोध छ ।’

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : ४१ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्