महानगरलाई सडकको पत्र : न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाइसक्नू « Khabarhub

महानगरलाई सडकको पत्र : न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाइसक्नू


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडक डिभिजन कार्यालय काठमाडौंले बिनाअनुमति भत्काइएको न्युरोडस्थित सडक दुई दिनभित्र दुरुस्त बनाउन काठमाडौं महानगरपालिकालाई भनेको छ ।

डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर नारायणदत्त भण्डारीले बुधबार काठमाडौं महानगरलाई एक पत्र लेख्दै जेठ १२ मा फुटपाथ बढाउने नाममा काटेर भत्काइएको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक शुक्रबारसम्म दुरुस्त बनाउन भनेका हुन् ।

महानगरले उक्त सडक काटेर फुटपाथ बढाउन भन्दै वैशाख १८ गते नै सडक डिभिजनमा पत्र पठाएको थियो । तर सडक डिभिजनले आफूमातहतका सडक खण्डहरूमा विभिन्न कामका लागि जानकारी दिन महानगरबाट पत्र आए पनि अनुमति नदिएको जनाएको छ ।

सडक कटानका लागि सहमति दिनुपूर्व विभिन्न शर्तहरु पूरा हुनु पर्ने आशयको पत्र पठाइसकेको अवस्थामा महानगरले जानकारी नदिएको पनि डिभिजनले जनाएको छ ।

जेठ ३ गते पनि कार्यालयको कार्य क्षेत्रभित्र सहमतिबिना कुनै पनि काम नगर्न-नगराउन भने पनि जेठ १२ गते बिनासहमति न्यूरोडस्थित जुद्ध शालिक- इन्द्रचोक सडक खण्ड खन्ने र भत्काउने काम भएको पत्रमा उल्लेख छ ।

उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ विरुद्ध भएकाले तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन जेठ १३ गते नै पत्र पठाए पनि अटेरी गरिएको डिभिजनले जनाएको छ ।

जेठ १३ को पत्रको महानगर प्रमुख बालेन्द्र शाहले कार्यान्वयन नगरी अटेरी गरेको जनाउँदै डिभिजनले हालसम्म पनि सडक पुन:स्थापना नभएको जनाउँदै दोस्रो पत्र लेखेको हो ।

‘नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरश पालाना गर्नुपर्ने कर्तव्य एवम् दायित्व सबैको हुने कुरा महानगरपालिकालाई विदितै छ’, सडक डिभिजन प्रमुख भण्डारीले भनेका छन्, ‘तसर्थ, भत्काइएको सडकखण्ड २ दिनभित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही अगाडि बढाइने व्यहोरासमेत अनुरोध छ ।’

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : ४१ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा