कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय | Khabarhub Khabarhub

कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने जनाएको छ ।

कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 बैठकमा मन्त्रालयका सचिवद्वय डा दिपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्र, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घसहितको बैठकले पशुपंक्षी तथा जडिबुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी तथा विसं २०८० चैत १ गतेदेखि स्थगन भएको बीमासम्बन्धी छलफल भएको थियो । 

छलफलमा बीमा कम्पनीले जारी गरेको कृषि तथा पशुपंक्षी बीमा अन्तर्गतको बीमालेखवापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये हाललाई करिब ९७ करोड यथाशीघ्र भुक्तानी गर्ने सहमति भएको प्रवक्ता शिवाकोटीले जानकारी दिए । ।

बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्रै गर्ने गरी मन्त्रालयले पहल गर्ने भएको छ । बीमकले कृषि तथा पशुपंक्षी बीमा निरन्तर गर्ने गरी आजको सरोकार भएका निकायको बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ६ : २४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि