कपिलवस्तु मालपोतका नासु खनालविरुद्ध मुद्दा दायर « Khabarhub

कपिलवस्तु मालपोतका नासु खनालविरुद्ध मुद्दा दायर


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तु मालपोतका नायब सुब्बा नरहरि खनालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा नायब सुब्बा खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम लिएको पाइएको थियो ।

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई ३० हजार बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा ९१० को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ६ : ५७ बजे

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

काठमाडौँ– नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई विधामा अवार्ड

प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ– दुर्गम क्षेत्रमा प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३

विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौँ– स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

काठमाडौं- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता,