कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : विमलेन्द्र निधि « Khabarhub

कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : विमलेन्द्र निधि


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको बताएका छन्।

नेपाली कांग्रेस चितवनको प्रशिक्षण विभागले आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले अन्य कुनै पार्टी लोकतान्त्रिक पार्टी नभएको बताए

“नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक, बहुलवादी र संसदवादी पार्टी हो”, उनले भने, “अरु कुनै पार्टी पनि हैनन् ।”

नेपालमा ल्याइएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको नेता निधिको भनाइ छ । सङ्घीय संरचना नेपालमा ल्याइए पनि सङ्घीय प्रणालीअनुसारको पूरा संरचना निर्माण भइनसकेको उनले बताए ।

“सङ्घीय प्रणालीको संरचनात्मक अवयवको लागि हामीले कानुन बनाएका छैनौँ, संविधानको अनुसूचीमा रहेका कुरा हामीले दिएका छैनौँ”, उनले भने, “सङ्घीय प्रणाली लागू ग(यौँ, तीन तहको सरकार निर्माण गरियो तर प्रदेश मातहतमा आफ्नै प्रहरी छैन ।”

संविधानले सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीन वटा सरकार निर्माण गरेको भन्दै नेता निधीले प्रहरी नभइ सरकार नहुने बताए । सङ्घीयताको पक्षमा अझै कानुन बनाउँदै सङ्घीय प्रणालीलाई मजबुत बनाउनुपर्ने नेता निधिको धारणा थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले केन्द्रीय नेताहरुका कारण नेपाली कांग्रेसको जनमत घट्दै गएको बताए । “केन्द्रले गठबन्धन गरेर पठाउँदा हामीले कहिले हसिया हथौडामा, कहिले हलोमा मतदान गर्नुपरेको छ”, उनले भने, “जसका कारण केन्द्रबाट कांग्रेस बिगार्ने काम भइरहेको छ ।” तीन दिनसम्म सञ्चालन हुने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखाका सचिव टङ्कनाथ पौडेलले जानकारी दिए।

सहभागीहरुलाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एव कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेल, कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा सुरेश आचार्य, डा कृष्णप्रसाद पौडेल, बागमती प्रदेशका मुख्य सचिव राजु नेपाललगायतले प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  १० : ४० बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले