अपाङ्गता भएका ६ सय बढीलाई परिचयपत्र | Khabarhub Khabarhub

अपाङ्गता भएका ६ सय बढीलाई परिचयपत्र


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका ६०३ जनालाई परिचयपत्र प्रदान गरेको छ ।

नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका ११८, ‘ख’ वर्गका २८७, ‘ग’ वर्गका १४७, ‘घ’ वर्गका ५१ जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको हो ।

दुई जना ज्येष्ठ नागरिक महिला र चार पुरुषलाई उनीहरूका घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो ।

पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको रातो रङमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको निलो रङमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने, मध्यम अपाङ्गता भएकालाई ‘ग’ वर्गको पहेँलो रङमा निलो अक्षरले स्पष्ट पहिचान हुने र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको सेतो रङमा कालो अक्षरले स्पष्ट पहिचान हुने परिचयपत्र वितरण हुने गरेको छ ।

नगरपालिकाकै स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था भएकाले विगतको जस्तो मेडिकल ‘रिपोर्ट’ बनाउनका लागि महेन्द्रनगर, धनगढीलगायत अस्पतालमा अपाङ्गता भएका व्यक्तिहरूले पुग्नुपर्ने झन्झट नरहेको नगर उपप्रमुख कल्पना पन्तले बताइन् ।

पूर्णअशक्त अपाङ्गता भएका र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने घरमै पुगेर परिचयपत्र वितरण गर्दै आएको उनले बताइन्।

रातो र निलो रङका परिचयपत्रवाहक अपाङ्गताभएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम उपलब्ध गराइँदै आएको छ ।

पहेँलो र सेतो रङका परिचयपत्रवाहक अपाङ्गतालाई नगरपालिकाले विभिन्न सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममा समेट्दै आएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ३६ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा