संसदलाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ : अध्यक्ष दाहाल | Khabarhub Khabarhub

संसदलाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ : अध्यक्ष दाहाल


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

संसद दिवसका अवसरमा अध्यक्ष दाहालले आज एक शुभकामना सन्देश जारी गर्दै जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसदमा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्दै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा गणतन्त्रात्मक सङ्घीय शासन प्रणालीको प्रक्रियामा रहेको बताएका छन् ।

सन्देशमा उनले संसदको गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुने उल्लेख गरेका छन् ।

उनले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेका महान् सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै सङ्घर्षका क्रममा बेपत्ता भएका तथा घाइते भई अपाङ्गता जीवन बिताइरहेका सम्पूर्ण योद्धाहरूप्रति उनले सम्मान व्यक्त गरेका छन् ।

नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकारलगायत सबैलाई प्रेरणा दिने अध्यक्ष दाहालले विश्वास व्यक्त गरेका छन् ।

विसं २०१६ साल असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष असार १६ का दिन संसद् दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : १३ बजे

पाथीभरा केबलकार विवाद : तत्काललाई निर्माण रोकिने, आन्दोलनका कार्यक्रम पनि फिर्ता

काठमाडौं– ताप्लेजुङको पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ ६

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६

अफ्रिकाबाट दुई करोड ७५ लाख मानिस विस्थापित

एजेन्सी – सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित

हिमालय होटलमा १२ घण्टा ! न सरकार पछि हट्यो, न आन्दोलन रोकियो

काठमाडौं– पूर्वी नेपालतिर एउटा आहान छ, ‘इयाँली–बियाँली दिन गुमाई, जूनेली