सकियो सातौँ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियन्सिप « Khabarhub

सकियो सातौँ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियन्सिप


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सातौँ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता शनिबार सकिएको छ ।

आयोजक नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका सत्य थापाका अनुसार सिनियर पुरुष च्याम्पियनसिपतर्फ वसन्त राई प्रथम, शरद राई दोस्रो र पेन्थलिन शेर्पा तेस्रो भए ।

काठमाडौंको टोखामा आयोजित प्रतियोगितामा महिला खुला च्याम्पियन्सिपतर्फ खुसी विके प्रथम, समीक्षा राई दोस्रो र लेमंग मगर तेस्रो भएका छन् ।

पुरुष जुनियरतर्फको खुला च्याम्पियनसिपमा किरण लामा गुरुङ प्रथम, यमबहादुर कामु दोस्रो र अविशेष परिवार तेस्रो भए ।

दुई दिनसम्म आयोजित प्रतियोगिताका विजयीले पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन् ।

सबै विद्यामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार दिइए छ ।

यसअघि शुक्रबार उक्त प्रतियोगिताको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उद्घाट्न गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले स्केटिङ तथा स्केटबोर्डिङ साहसिक र सुन्दर खेल भएको बताएका थिए । उनले ७५३ वटै पालिकामा यस खेलको मैदान बनाउनुपर्ने उल्लेख गरे ।

उक्त कार्यक्रममा बोल्दै गायक प्रकाश सपूतले खेलबाट देशको नाम राख्न खेलाडीलाई आग्रह गरे । उनले कार्यक्रममा आर्थिक, नैतिक सहयोग गरेर यो खेलको प्रवरद्धनमा सघाउने बताए ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले यो खेल आफ्नो पालिकामा हुँदा गौरव बढेको बताए । आफ्नो पालिकाको कुनै खेलाडी आर्थिक अभावका कारण खेल्नबाट बञ्चित हुनु नपर्ने बताए ।

प्रतियोगितामा १८० जुनियर तथा सिनियर पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी थिए ।

ती खेलाडीलाई खुल्ला सिनियर पुरुष , खुल्ला जुनियर पुरुष, खुल्ला महिला स्केटिङ च्याम्पियनसिप गरेर तीनवटा विधामा खेलाइएको थियो ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्‍ले सहयोग गरेको थियो । यस्ता प्रतियोगिता गरेर नेपाली खेलाडीको उपस्थिति विश्व मञ्चमा गराउन लागिरहने प्रतिबद्धता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले गरे ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १२ : ३४ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले