हेर्दाहेर्दै तामाकोशीमा हेलिइन् काठमाडौंबाट घर हिँडेकी ओमा « Khabarhub

हेर्दाहेर्दै तामाकोशीमा हेलिइन् काठमाडौंबाट घर हिँडेकी ओमा


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123.3k
Shares
  • change font
  • change font
  • change font

दोलखा– शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । दोलखाको तामाकोशी बजारनजिकैको पक्की पुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गइरहेको उक्त भिडियोमा देख्न सकिन्छ ।

हिँड्दै तामाकोशीतिर अघि बढिरहँदा माथिबाट भिडियो खिचिरहेका र अन्यले उनलाई त्यतातिर नजान भनिरहेका छन्। तर उनी एकसुरमा नदीतिर अघि बढिरहिन् । भिरालो ठाउँबाट नदी किनारमा पुगेकी उनलाई माथिबाट कराउँदै रोक्ने कोसिस पनि भयो ।

तर उनलाई कसैले रोक्न सकेनन् । नदीतिर अघि बढिरहेकी उनलाई रोक्न एकजना युवक किनारमै पुगे पनि ती महिला केही सेकेन्डले तामाकोशीमा हेलिएर बेपत्ता भइन् ।

माथिबाट एकजना युवक दौडिएर उनलाई बचाउन पुग्दै गर्दाको भिडियो अहिले भाइरल बनेको हो ।

तामाकोशीमा हेलिएर बेपत्ता भएकी थी महिलाको पहिचान पनि खुलेको छ । उनी दोलखाको मेलुङ गाउँपालिका-४ भेडुप निवासी करिब ६५ वर्षीया ओमाकुमारी तामाङ (माया) ले तामाकोशीमा हेलिएर प्राण त्यागेको खुलेको हो ।

उनी श्रीमान् र छोराहरूसँग काठमाडौंको नयाँ बस्ती बस्दै आएकी थिइन् । शनिबार उनी काठमाडौंबाट गाउँ जाने भन्दै दोलखा पुगेकी थिइन् ।

शनिबार बिहानै काठमाडौंबाट दोलखाको मेलुङ गाउँपालिका–३ गाईखुरा हुँदै भेडपु जाने बस चढेर उनी तामाकोशी किनारसम्म पुगेकी थिइन् ।

उनको साथमा गाउँका चिनेजानेकै मानिसहरू पनि थिए । तर, उनी तामाकोशी बजारमा गाडी रोकेका बेला झरेको थिइन् ।

गाडीमा सँगै सवार साथीहरूले अब जाऊँ भन्दा ओमाकुमारी आफ्नो काम परेकाले यतै ओर्लिने भन्दै झरेको खुलेको छ । उनका आफन्तले पनि ओमाकुमारी तामाकोशी बजारमा झरेको पुष्टि गरेका छन् ।

बसबाट ओर्लिएर केहीबेर तामाकोशी बजारमा बसेकी उनी शनिबार दिउँसो ३ बजे तामाकोशी पुलनजिकैबाट नदी किनारतिर झरेकी थिइन् ।

ओमाकुमारी तामाकोशीमा हेलिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाको टोली खोजीमा जुटेको थियो ।

प्रहरी निरीक्षक शत्रुधनकुमार महतो नेतृत्वको टोलीले उनको खोजी गरिरहेको छ ।

अहिले उनको खोजीमा किरातीछाप, किर्नेटार र प्रहरी चौकी छौंडेको टोलीले स्थानीयबासीको सहयोगमा ओमाकुमारीको खोजी गरे पनि फेला पार्न सकेको छैन ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १ : २१ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण