विराज भट्टको बाबु छोराको अभिनय रहेको फिल्म ‘१२ गाउँ’ दसैँमा प्रदर्शनमा आउने  « Khabarhub

विराज भट्टको बाबु छोराको अभिनय रहेको फिल्म ‘१२ गाउँ’ दसैँमा प्रदर्शनमा आउने 


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता विराज भट्ट र उनका छोरा समीरको मुख्य अभिनय रहेको फिल्मको ‘१२ गाउँ’ फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । जसमा फिल्मको प्रदर्शन मिति यही दसैँलाई तोकिएको छ ।

पोस्टरमा समीर ‘एङ्ग्री’ युवाको भूमिकामा देखिएका छन् । उनले देब्रे हातमा खुकुरी बोकेका छन् । उनको यो डेब्यू फिल्म बन्ने पक्का भएको छ ।

निर्देशक विराजका अनुसार नेपालमा फिल्मको छायांकन पूरा भएको छ । एक एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पूर्ण छायांकन सकिने उनको भनाइ छ ।

यो फिल्ममा एक्सन-थ्रिलर जनरामा आधारित छ । यसैबाट अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दै छन् । उनीहरूसहित बिराज, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु),लगायतको अभिनय रहने बताइएको छ ।

बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको यस फिल्मको कथा हो भने सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १ : १८ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको