सुध्रिएन नेपालसँग ओलीको सम्बन्ध, समाजवादीको महाधिवेशनमा सहभागी भएनन् | Khabarhub Khabarhub

सुध्रिएन नेपालसँग ओलीको सम्बन्ध, समाजवादीको महाधिवेशनमा सहभागी भएनन्


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् ।

प्रज्ञा भवनमा उद्घाटन समारोह चलिरहँदा अन्य सबै दलका नेता सहभागी भएका छन् । तर, हालको सत्ता साझेदार समाजवादीको महाधिवेशनमा ओली अतिथिका रुपमा सहभागी नभएका हुन् ।

महाधिवेशनको विशिष्ट अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् । महासचिव घनश्याम भुसालका अनुसार महाधिवेशनमा सबै दलका नेताहरूलाई निम्तो गएको थियो ।

महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत सहभागी छन् । महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) पनि सहभाी छन् ।

एकीकृत समाजवादी तत्कालीन अवस्थामा २०७८ भदौ ९ मा एमालेबाटै फुटेर बनेको हो । त्यसबेला एमाले विभाजन गराउन शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले राजनीतिक दलसम्बन्धी कानुननमा दल विभाजनसम्बन्धी नियम खुकुलो बनाइदिएको थियो ।

पार्टी विभाजनपछिको तिक्तता तोड्दै २०८० फागुन २१ गते प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा जोडिएका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच अझै सम्बन्ध नसुध्रिएको हो ।

सचिवालयका एकजना सदस्यका अनुसार ओलीले समाजवादीको महाधिवशेनमा भाग लिने कुनै तालिका छैन । ‘उहाँ समाजवादीको महाधिवेशनमा जाने कुनै तालिका छैन’, एक सदस्यले भने, ‘अहिले उहाँ प्रधानमन्त्रीसँग संवाद सकेपछि बालकोट फर्किसक्नु भएको छ।’

कांग्रेस नेतृत्वको गठबन्धन भत्काउँदै नयाँ सत्ता समीकरण बनाउने क्रममा ओली आफैं नेपालको निवास कोटेश्वर पुगेका थिए । त्यसबेला ओलीकै आग्रममा नेपालले नयाँ सत्ता समीकरणमा जोडिने निर्णय गरेका थिए ।

तर नेपालले यो गठबन्धन भत्काउँदै कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्न खोजेको भन्दै नेपालसँग ओली रूस्ट थिए। त्यसपछि दुई नेताबीच सम्बन्धमा सुधार नआएको हो ।

गत वैशाख १० गते एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सव आयोजना गर्दा नेपालले बहिष्कार गरिदिएका थिए ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित महोत्सवमा प्राय: सबै दलका शीर्ष नेताहरु जाँदा नेपाल भने धुलिखलेतिर गएर बसेका थिए ।

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेसका सभापति देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको थियो । अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको थियो ।

तर समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल एमालेले आयोजना गरेको पार्टी हीरक महोत्सव बहिष्कार गरिदिएपछि ओलीसँगको सम्बन्ध चिसिएको छ । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीका हैसियतमा नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : ३६ बजे

भारतीयका फिल्मका भिलेन ‘हस्व दिर्घ’मा अभिनय गर्न काठमाडौंमा

काठमाडौं– नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘हस्व दिर्घ’

पाकिस्तान र इरानबाट एक लाख बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तान र इरानबाट गत एक महिनामा एक लाख १५

कोपा अमेरिका : उरुग्वे र पानामा क्वार्टरफाइनलमा

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा प्रवेश गरेका

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक

मुग्लिन-मलेखु सडक विस्तार सुस्त गतिमा

चितवन– मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको