विप्लव भन्छन् : नेपालमा अहिले उकुसमुकुस छ, भूराजनीतिक दबाब छ « Khabarhub

विप्लव भन्छन् : नेपालमा अहिले उकुसमुकुस छ, भूराजनीतिक दबाब छ


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले नेपाल उकुसमुकुसको अवस्थामा रहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन् ।

‘नेकपा एकीकृत समाजवादीमा निकै महत्त्वपूर्ण व्यक्तित्वहरू रहेको कुरा सबैलाई थाहा छ। आरोह अवरोह पार गर्दै नेपालको एउटा विशिष्ट परिस्थितिमा यो पार्टी उपस्थित भएको छ’, उनले भने, ‘झापा आन्दोलनदेखि पछिल्लो राजनीतिक आन्दोलनसम्म जोडिएको पार्टी हो ।’

उनले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति र भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको उनले बताए ।

‘सम्पूर्ण कुतत्वको आँखा नेपालमा परेको छ । सीमान्तकृत समुदायका सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैन’, उनले भने, ‘उनीहरूका अधिकार केही प्राप्त भएका छन् । तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन ।’

उनले नेतादेखि उनीहरूका छोरासमेत भ्रष्टाचारमा डुबेको बताए । ‘नेताका छोराहरू भष्टचारमा परेको कुरा हेरिरहेका छौँ । नेपाल अहिले उकुसमुकुसमा परेको छ’, उनले भने ।

विप्लवले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेस सभापति शेरबहादुर देउवालाई सोध्दै उनले भने, ‘नेपाल अब कता जाँदैछ । खतम भयो, सिद्धियो भन्छ्न । तर नेपाल सकिदैनँ । अनिश्चय सम्भावना र रूपान्तरणको सिद्धान्तलाई पनि हामीले पकड्नुपर्छ । नेपाललाई पश्चगमनको यात्राबाट होइन, यथास्थितिको भूमरीमा पर्न दिने होइन, समृद्धिमा लानुपर्छ । नेपाली कांग्रेस र रास्वपाले चाहेको समृद्धि यही हो ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ०३ बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र