सभामुखको तर्क- संसद् कानुन बनाउनेसँगै राष्ट्र निर्माणको पनि थलो हो | Khabarhub Khabarhub

सभामुखको तर्क- संसद् कानुन बनाउनेसँगै राष्ट्र निर्माणको पनि थलो हो


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताएका छन् ।

६६औँ संसद् दिवसका अवसरमा पूर्व सांसद मञ्च नेपालको आयोजना तथा सङ्घीय संसद् सचिवालयको समन्वयमा आज आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिए ।

‘कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरुरी छ’, सभामुख घिमिरेले भने । संसद्मा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उनले आफैले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्न सकेमा महत्त्वपूर्ण हुने बताए ।

पूर्व सांसद मञ्चले समय समयमा आफ्ना महत्त्वपूर्ण धारणा सार्वजनिक गर्दै आएको र त्यो राज्यका लागि हितकर भएको सभामुख घिमिरेको भनाइ थियो । पहिलो संसद्देखि अहिलेसम्म गरेका कामको महत्त्वपूर्ण सामग्रीको अभिलेखीकरण गर्ने काम गरिरहेको उनले जानकारी दिए ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्ने स्थान संसद् नै भएकाले जनतासँग निर्वाचनमा गरेका वाचा पूरा गर्न सधैँ लाग्नुपर्नेमा जोड दिए ।

‘संविधान कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो, त्यसको कार्यान्वयन कानुनबाट हुन्छ”, उनले भने, ‘कानुन बनाउने निकाय संसद् हो, सांसद पनि सधैँ त्यतिकै गम्भीर हुनुपर्छ ।’ सदनलाई गतिशील बनाउन सदा क्रियाशील हुनुपर्ने र त्यसका लागि सांसद र पूर्व सांसद दुवैको उत्तिकै योगदान रहने अध्यक्ष दाहालले बताए ।

उपसभामुख इन्दिरा रानाले सदनलाई प्रभावकारी बनाउन सांसद र पूर्व सांसद मिलेर विचार विमर्श गर्नुपर्ने तथा आवश्यक विज्ञ चाहिएमा पूर्व सांसदको ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद्लाई व्यवस्थित र मर्यादित बनाउन सांसदहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्दै जनताको समृद्धिमा ध्यान दिन जरुरी रहेको बताइन्  । उनले सङ्घीय संसद्ले बनाएका कानुन र व्यवस्थाको प्रभाव सातै प्रदेशसभामा पनि पर्ने स्पष्ट पारिन् ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले संसद्लाई प्रभावकारी बनाउन सबैभन्दा जिम्मेवार प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष बन्नुपर्नेमा जोड दिँदै संविधानको पालना गरेर संसद्लाई सशक्त बनाउनुपर्ने बताए।

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संविधान कार्यान्वयन गराउने प्रमुख भूमिका संसद्को भएकाले कानुन निर्माणदेखि जनताका सवालमा ध्यान दिनुपर्ने बताए ।

पूर्व सभामुख तारानाथ रानाभाटले संसद्मा आएपछि जनप्रतिनिधि र जनताका विषयमा ध्यान दिनुपर्ने तथा संसदीय गतिविधि राम्रो बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दल अझ सशक्त बन्नुपर्ने सुझाव दिए ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन पूर्व सांसद मञ्चको भूमिका महत्त्वपूर्ण भएको बताए ।

सङ्घीय संसद्को स्थापना २०१६ असार १६ गते भएको थियो । सोही दिनको स्मरणमा दिवस मनाउन थालिएको हो । आजै विश्व संसद् दिवस पनि रहेको छ ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले राज्यलाई आवश्यक पर्ने सुझाव दिने तथा पूर्व सांसदको स्वास्थ्य उपचारमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : १२ बजे

कञ्चन गाउँपालिकाका पाँच सय परिवारले पाए एकसाथ लालपुर्जा

काठमाडौं– रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँच सय परिवारले एकसाथ लालपुर्जा

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक

वर्षा नभएपछि महोत्तरीमा रोपाइँ प्रभावित, किसानलाई खडेरीको चिन्ता

महोत्तरी– समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका

कांग्रेसमा मधु आचार्यको १० बुँदे सुझाव : एमालेसँग सहयात्राको समीक्षा गरौँ, पार्टी कमिटीको कार्यकाल तीन वर्षे बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जारी केन्द्रीय कार्यसमिति

इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

बेइजिङ– युरोपेली सङ्घ (इयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण