प्रधानमन्त्रीलाई उपेन्द्रको प्रश्न : राजदूतमा माफियालाई पठाउनु भयो रे नि ? « Khabarhub

प्रधानमन्त्रीलाई उपेन्द्रको प्रश्न : राजदूतमा माफियालाई पठाउनु भयो रे नि ?


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग्य कसेका छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा मञ्चमा रहेका प्रधानमन्त्रीमाथि उनले कटाक्ष गरेका हुन् ।

‘जनताले लोकतान्त्रिक गणतन्त्र ठूलो योगदानबाट जोगाएका छन्। मुलुक स्वेच्छाचारी शासनतर्फ गइरहेको थियो । तपाईंहरूले त्यो बेला विद्रोह गरेर जोगाउनुभयो’, उनले समाजवादीका नेताहरूलाई भने, ‘लोकतान्त्रमाथि खतरा देशभित्रबाटै छ । लोकतन्त्र निकै कमजोर भएर गयो ।’

उनले सरकारले राजदूतहरू पनि दलका कार्यकर्ता भर्ती गरेको बताउँदै प्रधानमन्त्री दाहाललाई व्यंग्य कसे ।

‘पहुँचवालाहरू यो फलानो पार्टीको कार्यकर्ता, यो पदमा जान्छन् । मैले सुन्दैछु, म्यान पावरका माफियाहरू प्रधानमन्त्रीले राजदूतमा पठाउनु भयो रे’, उनले भने, ‘प्रधानमन्त्री भन्नु हुन्छ, लोकतन्त्र खतरामा पर्‍यो, खासमा लोकतान्त्रमाथि यस्तै कुराले खतरा छ । हाम्रा पद्धतिहरू के छन् त ? एकल जातीय वर्चस्व लादिएको छ ।’

उनले नेकपा एकीकृत समाजवादीको महाधिवेशनले देशलाई अघि बढाउने गरी परिणाम ल्याओस् भनेर शुभकामना पनि दिए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ३७ बजे

सिरहामा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका