सभापति लामिछाने भन्छन् : भाषणमा जनताको चिन्ता गर्ने नेताहरू व्यवहारमा उल्टो छन् « Khabarhub

सभापति लामिछाने भन्छन् : भाषणमा जनताको चिन्ता गर्ने नेताहरू व्यवहारमा उल्टो छन्


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रव लामिछानेले अहिले लोकतन्त्रलाई खतरा आयो भनेर चिन्ता लिनुपर्ने जरुरी नभएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

‘धेरै लामो समय यहाँहरूको लिन चाहन्न। पछि जन्मिएकोले धेरै ठूलो कुरो गर्नु हुँदैन। म बढी बोल्दिन । म बोलीले पीडित भएको हुनाले यसलाई घटाउँछु । एउटा कुरा चाहिँ मैले भनेँ, २००७ सालदेखि आजसम्म सधैँभरि लोकतन्त्रमा खतरा खतरा । आज पनि यो मञ्चमा त्यही कुरा गरिँदैछ’, उनले भने, ‘हामीले सबै चिज प्राप्त गरिसक्यौँ । अधिकारका रुपमा, संविधानका रुपमा, व्यवस्थाका रुपमा पाइसकेका छौँ ।’

उनले अहिले पनि नेताहरूले लोकतान्त्रिक गणतान्त्रिक संविधान खतरामा रहेको भनेकोमा उनले गुनासो गरे । ‘हामीले सबै कुरा प्राप्त गरिसक्दा पनि मुलुक बडो विषम परिस्थितिमा छ। लोकतन्त्रलाई खतरा छ भनिएको छ’, उनले भने, ‘गरिब किसानहरूले, मजदुरहरूले, काम गरेर खाने मान्छेहरुले खतरामा पारे कि अरु कसले अप्ठ्यारोमा पार्यो ?’, उनले भने, ‘आमजनता सधैँ नेतृत्वको प्राथमिकतामा पर्नु पर्छ। तर यहाँ त अलग अलग भयो । नेताहरूले लोकतान्त्र खतरा पारेकोमा चिता लिनु पर्दैन । जनताले लिन्छ्न ।’

सभापति लामिछानेले संविधान बदल्दा पनि, व्यवस्था बदल्दा पनि जनताले चाहे जस्तो उपलब्धि नपाएको बताए। ‘अझै पनि तल्लो तहको, पिँधको मान्छेले अधिकार प्राप्त गर्न सकेको छैन’, उनले भने, ‘हाम्रा राजनीतिक सहमतिले आमजनतालाई राहत दिनुपर्छ। राष्ट्रिय सहमति गर्न केमा गर्ने हो? रोजगारी सिर्जना गर्ने हो कि के मा ? कसले रोक्छ, त्यसो गर्न ? भाषामा जनताको चिन्ता छ । तर नेताहरूको मनमा जनताको चिन्ता छैन ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ५० बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८