सभापति देउवाले गरे माधव नेपालको प्रशंसा « Khabarhub

सभापति देउवाले गरे माधव नेपालको प्रशंसा


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीति प्रणाली रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालको भूमिका नेपाली राजनीतिको रक्षाका लागि महत्वपूर्ण रहेको बताएका हुन् ।

‘यो पार्टीले अहिलेको राजनीतिको रक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ सभापति देउवाले भने, ‘माधवजीले नेपालको राजनीति रक्षाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’

उनले एकीकृत समाजवादीको महाधिवेशन सफलताको कामनासमेत गरे । ‘म यहाँहरूको महाधिवेशन सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ सभापति देउवाले भने ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ५४ बजे

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा