सकेसम्म सहमतिबाटै पार्टीको नेतृत्व निर्माण गरौँ : झलनाथ « Khabarhub

सकेसम्म सहमतिबाटै पार्टीको नेतृत्व निर्माण गरौँ : झलनाथ


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व छानिने बताएका छन् ।

एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नका लागि म यहाँहरूलाई आग्रह पनि गर्न चाहन्छु । राष्ट्रिय स्वतन्त्रता रक्षा गर्ने काममा हामी कसरी प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्छौँ ?’, उनले भने, ‘यो देशको सामाजिक-आर्थिक रुपान्तरण कसरी हुन्छ ? यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुस्, यति धेरै विकृतिहरु फैलिएका छन् ।’

उनले अहिले देशमा रहेको विकृतिको उरुङलाई बढार्ने उपाय चाहिएको बताए । ‘गम्भीर राष्ट्रिय सवालमा हामी एकताबद्ध भएर अगाडि बढौँ । साझा दायित्व निर्वाह गर्न तपाईं-हामी अत्यन्त गम्भीर बनौँ’, उनले भने, ‘हाम्रा प्रस्तुत दस्तावेजको गहन ढंगले अध्ययन गरौँ, विश्लेषण गरौँ, संश्लेषण गरौँ । सकेसम्म एउटै आवाजका साथ सहमतिबाटै नयाँ नेतृत्व निर्माण गरौँ । प्रतिस्पर्धा भए पनि इमानपूर्वक पूरा गरौँ ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ०१ बजे

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम