सत्ति भन्सारद्वारा नौ करोड राजश्व सङ्कलन | Khabarhub Khabarhub

सत्ति भन्सारद्वारा नौ करोड राजश्व सङ्कलन


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

लम्की– कैलालीको सत्ति भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सत्ति भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ति भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए  ।

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा सात करोड ५० लाख ४० हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए । ‘यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौँ’, उनले भने ।

सत्ति भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कबापत ६४ हजार रुपैयाँ, बेरुजुबाट एक लाख रुपैयाँ, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार रुपैयाँ, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार रुपैयाँ, भन्सार महसुल आयातमा पाँच करोड एक लाख रुपैयाँ, कृषि सुधार शुल्कमा एक लाख आठ हजार रुपैयाँ, भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर आयातमा चार करोड ४६  लाख ९७ हजार रुपैयाँ तथा हरित करबाट चार हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए ।

सत्ति भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ ।

खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ४१ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक