‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयन « Khabarhub

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयन


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगन्ज उपमहानगरपालिकाले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीय आवश्यकता र प्राथमिकताका विषयवस्तु समावेश गरी बनाइएको पाठ्यक्रम चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइएको हो ।

नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, वातावरण, धार्मिक स्थल, गौरवमय स्तम्भलगायत विषयवस्तु पाठ्यक्रममा समेटिएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय आवश्यकता र प्राथमिकताका विषयका बारेमा बालबालिकाको क्षमता विकास गर्ने, कला, संस्कृतिको संरक्षण र हस्तान्तरण गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरिएको हो ।

पाठ्यक्रममा नेपालगन्जमा रहेका विभिन्न स्थान, रहनसहन, पर्यटकीय गन्तव्य, कला, संस्कृतिलगायत विभिन्न विषय छनोट गरिएको छ ।

स्थानीय विषयको ज्ञान प्रदान गर्न र संस्कृति संरक्षणमा यो पाठ्यक्रमले मद्दत पुर्‍याउने शाखा अधिकृत शाहीले बताए । ‘चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमले स्थानीय विषयको ज्ञान र सीपमा वृद्धि हुने अपेक्षा लिएका छौँ’, उनले भने, ‘बालबालिकाले यहाँका चालचलन, रहनसहन र इतिहास, पर्यटन, व्यापारलगायत विषयबारे जानकारी पाउनाका साथै सीप विकासमा टेवा पुर्‍याउने छ ।’

गत वर्ष पाठ्यक्रम तयार गर्नका लागि कार्यदल निर्माण गरिएको थियो । उक्त कार्यदलले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम तयार गरेको हो । हाल तयार भएको पाठ्यक्रम छपाइसमेत गरिसकिएकाले चालु शैक्षिक सत्रमा लागू गर्ने बताउँदै शाहीले केही दिनभित्र यहाँका सबै विद्यालयमा वितरण गरिने जानकारी दिए ।

पाठ्यक्रम पढाउन विद्यालयका शिक्षकलाई तालिम प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाका अधिकृत शाहीका अनुसार उपमहानगरअन्तर्गत रहेका ४३ सामुदायिक विद्यालय, ३९ धार्मिक विद्यालय र ८२ वटा निजी विद्यालयमा उक्त पाठ्यक्रम लागू गरिनेछ । उपमहानगरको आफ्नै पाठ्यक्रम नहुँदा विद्यार्थीले यसअघि बिना पुस्तक पढ्न बाध्य थिए । चालु आर्थिक वर्षभित्रै पुस्तक विद्यार्थीहरूको हात हातमा पुर्‍याउने नीति उपमहानगरले लिएको छ ।

पाठ्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यपुस्तक लेखन, सम्पादन, चित्र निर्माण गरिएको पाठ्यक्रम निर्माण कार्यदलका सदस्य वीरेन्द्र यादवले बताए । उनका अनुसार उपमहानगरले नेपालगञ्जको सामाजिक, आर्थिक एवं ऐतिहासिक पक्षका जानकारी दिने विषयलाई पाठ्यक्रममा समावेश गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ४५ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय