रवीन्द्र जडेजाद्वारा टि–२० बाट सन्न्यास घोषणा « Khabarhub

रवीन्द्र जडेजाद्वारा टि–२० बाट सन्न्यास घोषणा


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि–२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका छन् ।

जडेजाले सन् २००९ को फेब्रुअरीमा श्रीलङ्काविरुद्ध टि–२० मा डेब्यू गरेका थिए । अलराउन्डरले कुल ७४ खेलमा २९ दशमलव ८५ को औसतका साथ ५४ विकेट लिन सफल भए।

जडेजाले सन् २०२१ को आइसिसी टि–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध चार ओभरको स्पेलमा मात्र १५ रन दिएर तीन विकेट लिएका थिए । अर्कोतर्फ, ब्याटका साथ उनको उत्कृष्ट प्रहार सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध आएको थियो ।

उक्त खेलमा उहाँले २९ बलमा ४६ रन बनाउँदै भारतलाई ४९ रनले जिताउन मद्दत गरेका थिए । अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याको डेथ बलिङको उत्कृष्ट प्रदर्शन र विराट कोहली र अक्षर पटेलको उत्कृष्ट प्रहारले भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर दोस्रो आइसिसी टि–२० विश्वकपको उपाधि जितेको छ ।

यसैबीच, भारतले सन् २०१३ मा च्याम्पियन्स ट्रफीपछि आफ्नो पहिलो आइिसीसी उपाधि जित्दै ११ वर्ष लामो आइसिसी ट्रफी खडेरीको अन्त्य गरेको छ । भारत अपराजित हुँदै उपाधि कब्जा गर्ने पहिलो टोली भएको छ ।

प्रतियोगिताको अन्तिम खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । एक समय ३४/३ को अवस्थामा विराट (७६) र अक्षर पटेल (३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन) बीचको प्रतिआक्रमणकारी साझेदारीले खेलमा भारतको स्थिति पुनःस्थापित गरेको थियो ।

विराट र शिवम दुबे (१६ बलमा तीन चौका र एक छक्कासहित २७ रन) बीचको ५७ रनको साझेदारीले भारतले २० ओभरमा १७६/७ मा पुर्याएको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ०८ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा