प्रचण्डको आक्रोश : देशमा केही हुँदै भएन भन्नेहरू प्रतिगमनकारी हुन् | Khabarhub Khabarhub

प्रचण्डको आक्रोश : देशमा केही हुँदै भएन भन्नेहरू प्रतिगमनकारी हुन्


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोज्नेहरु प्रतिगमनकारी भएको बताएका छन् ।

आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

एकथरी मान्छेले नेपालमा केही छैन, सबै पार्टी र नेता खत्तम छन् भन्ने भाष्य सिर्जना गर्न खोजेको भन्दै निराशा र अतिवादी प्रतिगमनकारी प्रवृत्तिलाई परास्त गर्नुपर्ने उनले बताए ।

दाहाले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी परिमार्जन गर्नका लागि केन्द्रित हुन आह्वान गरे ।

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै मोर्चामा बसेर सकेसम्म एकै पार्टी बनाउने प्रयास भइरहेको उनले उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

त्यस्तै उनले समाजवादीको प्रतिवेदनमा आफूलाई अस्थिर भनेर उल्लेख गरेको बताउँदै व्यवहारमा गतिशिल भएको दाबी गरे ।

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ०६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग