प्रचण्डको आक्रोश : देशमा केही हुँदै भएन भन्नेहरू प्रतिगमनकारी हुन् « Khabarhub

प्रचण्डको आक्रोश : देशमा केही हुँदै भएन भन्नेहरू प्रतिगमनकारी हुन्


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोज्नेहरु प्रतिगमनकारी भएको बताएका छन् ।

आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

एकथरी मान्छेले नेपालमा केही छैन, सबै पार्टी र नेता खत्तम छन् भन्ने भाष्य सिर्जना गर्न खोजेको भन्दै निराशा र अतिवादी प्रतिगमनकारी प्रवृत्तिलाई परास्त गर्नुपर्ने उनले बताए ।

दाहाले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी परिमार्जन गर्नका लागि केन्द्रित हुन आह्वान गरे ।

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै मोर्चामा बसेर सकेसम्म एकै पार्टी बनाउने प्रयास भइरहेको उनले उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

त्यस्तै उनले समाजवादीको प्रतिवेदनमा आफूलाई अस्थिर भनेर उल्लेख गरेको बताउँदै व्यवहारमा गतिशिल भएको दाबी गरे ।

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ०६ बजे

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा

संयुक्त मोर्चा बनाएर चाडपर्वपछि आन्दोलन गर्छौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

बाँके– नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत

विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार (तस्बिरहरू)

पूर्वी नवलपरासी- रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका