आगजनी गरेको अभियोगमा एक महिला पक्राउ « Khabarhub

आगजनी गरेको अभियोगमा एक महिला पक्राउ


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दाङ । गोठमा आगजनी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

दाङको बङलाचुली गाउँपालिका–५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गाठमा आगजनी गरेको आरोपमा उनकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटी सल्काई उक्त गोठको छानामा फालेर आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आगलागीबाट ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ४९ बजे

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

म्याग्दी– रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

दमौली – व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९

निजामती कर्मचारीको ट्रेड युनियन खारेजीसम्बन्धी विवाद संवैधानिक इजलासमा

काठमाडौँ– निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

राँझा– हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज भएको

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही प्रदेशमा