लेखेको ४० वर्षपछि गीत सार्वजनिक « Khabarhub

लेखेको ४० वर्षपछि गीत सार्वजनिक


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सङ्गीतमा पप सम्राटका नामले परिचित कलाकार ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर सङ्गीत भरेको गीत आज सार्वजनिक गरिएको छ ।

साथी शशी गुरुङका लागि ४० वर्षअघि लेखेर सङ्गीत भर्नुभएको गीत गुरुङकै स्वरमा रेकर्ड गरिएको हो । चर्चित पप गायक विष्टले गीत लेखन र सङ्गीत थोरै मात्र गरेका छन्। विष्टका अनुसार तीन महिनाअघि अमेरिकाको जर्जियामा उहाँले उक्त गीत लेखन तथा कम्पोज सम्पन्न गरेका थिए ।

मिर्गौला रोगबाट पीडित भएपछि गायक विष्टको अमेरिकामै मिर्गौला प्रत्यारोपण गरिएको थियो । वरिष्ठ पप गायक विष्टको उपस्थितिमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई विजयराज भूर्तेलले निर्देशन गरेका हुन् ।

सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भूषण खरेलको शब्द र जेम्स प्रधानको सङ्गीत रहेको छ । म्युजिक भिडियो जेम्स प्रधानले निर्देशन गरेका हुन् ।

६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न हुनुहुन्छ । उनले करिब एक सय गीत रेकर्ड गरिसकेका छन् । आफ्नो कार्य व्यस्तताका कारण उनी लामो समय सङ्गीत क्षेत्रमा क्रियाशील हुन सकेनन्।

सशस्त्र प्रहरीमा प्रहरी नायब उपरीक्षक पदबाट अवकाशपछि केही वर्ष विदेशमा बसेका उनी पुनःसङ्गीत क्षेत्रमा सक्रिय भएका हुन् ।

वरिष्ठ गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको बताए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ९ : २४ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू