प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट « Khabarhub

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आँप बरामद गरी आज नष्ट गरिएको छ ।

महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँपको स्थानीय प्रशासनले बजार अनुगमन गरेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले पाँच हजार सात सय ८० किलोग्राम आँप बरामद गरेको थियो ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले महेन्द्रनगर बजार क्षेत्रबाट बरामद गरिएका आँप नष्ट गरिएको जानकारी दिए । भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन टोलीले आँप बरामद गरेको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय तहले पनि बजार अनुगमनमा सक्रियता देखाउनुपर्नेमा जोड दिए । उनले बजारका डेरी पसलदेखि मिठाइ पसलसम्म अनुगमन तीव्र पारिएको जानकारी दिए।

बजार अनुगमनको संयोजकसमेत रहनुभएका प्रजिअ सापकोटाले भने, “स्थानीयस्तरबाट बजार अनुगमन हुन सकेमा बढी स्वस्थता कायम गर्न सकिन्छ, सबै ठाउँमा सेवा प्रवाह हुनसक्छ ।” खाद्य अनुसन्धान अधिकृत बोहराले प्रतिबन्धित रसायन हालेर पकाएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको बताए।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १० : २९ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि