काठमाडौं– राघववीर जोशीका अभिभावकले छोरा आठ महिनाको हुँदा सुन्न नसक्ने थाहा पाए । जेठो सन्तानका रूपमा जन्मिएका राघवले सुन्न नसक्ने भएपछि उनीहरू निकै चिन्तित भए । छोरा आवाज नसुन्ने (बहिरा) भयो, कसरी हुर्काउने ? कसरी पढाउने ? ठूलो भएपछि के गरिखाला ? छोराको भविष्य प्रतिको यो प्रश्नले झस्काइरहन्थ्यो ।
सुन्न नसक्ने भए पनि राघव क्षमतावान थिए । फोटोग्राफर हुँदै उनले संसद्सम्मको यात्रा तय गरे । गत संविधान सभाको उनी समानुपातिक सांसद् थिए । उनी एसियाकै पहिलो बहिरा सांसद् पनि हुन् । हाल उनी राष्ट्रिय बहिरा महासंघ नेपाल र काठमाडौं बहिरा संघका सल्लाहकार छन् ।
संसद्मा उनले बहिरा तथा अपाङ्गता भएकाको हकहित निम्ति वकालत गरे । विशेषतः उनले बहिराको लागि सवारी लाइसेन्सको पहल गरे र अहिले पनि गरिरहेका छन् ।
२४ वर्ष हुँदा राघवको मागी विवाह भयो । उनको श्रीमतीमा श्रवण समस्या छैन । कान नसुन्ने हुँदा बिहे गर्न निकै दुःख हुने रहेछ । आमाबुवा, श्रीमती र तीन छोरी छन् । दुई छोरीले थाइल्याण्डमा अध्ययन पुरा गरेका छन् । कान्छी छोरी भारतमा कानून पढ्दैछिन् । उनै जोशीको बाल्यकाल, समाजसेवा, राजनीति र संघर्षलाई खबरहबले खोतल्ने प्रयास गरेको छ ।
राघववीरको जन्म वि.सं. २०१९ मा काठमाडौंको पुतली सडकमा भयो । उनी चार दाजुभाइ-दिदीबहिनीमध्ये जेठो सन्तान थिए । बुवा संयुक्त राष्ट्रसंघमा कार्यरत थिए ।
राघववीर जन्मजात नै सुन्न नसक्ने थिए । ट्रकको ठूलो हर्न भने मेसो पाउँछन् । उनी जन्मिएको ८ महिनामा मात्रै बुवाआमाले छोरा सुन्न नसक्ने थाहा पाए ।
फुपुको छोरा र उनी दुई महिना जेठो-कान्छो थिए । फुपुले तेल लगाउन उनीहरूलाई घाममा निकालिन् । आकाशमा प्लेनको आवाज सुनेर फुपुको छोरा थप चलाख भए । तर राघववीरले प्लेनको आवाज सुनेनन् । कुनै प्रतिक्रिया पनि दिएनन् ।
राघववीरको श्रवण क्षमतामाथि अभिभावकलाई शङ्का लाग्यो । जँचाउन वीर अस्पतालमा पुर्याए । राघवले आवाज सुन्न नसक्ने पुष्टि भयो । तत्कालीन मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई भेटेर ‘बालमन्दिरमा पढ्ने व्यवस्था गरिदिनुपर्यो’ भने ।
राघवको शिक्षा नक्साल बालमन्दिरबाट शुरू भयो । बालमन्दिर वि.सं. २०२३ सालमा खुल्यो । उनले पढ्दा साङ्केतिक भाषा थिएन । अरू नर्मल विद्यार्थीलाई पढाएकै जसरी पढ्नुपर्यो । त्यतिबेला बहिराहरूले पढ्ने विद्यालय थिएन । उनको पालामा ८ कक्षासम्म मात्रै बहिराले पढ्ने व्यवस्था थियो ।
अमेरिका गई तालिम लिएर आएपछि इन्दिरा श्रेष्ठले सिकाउन सुरु गरिन् । चार जनाबाट सुरु भएर थपिँदै १५ जना पुग्यो । बोर्डमा लेखेकोलाई बोल्न लगाइन्थ्यो । बुझ्न धेरै गाह्रो हुन्थ्यो, धेरै कोसिस गरेपछि एक शब्द सिक्न सकिन्थ्यो । ओठेलिपि अनुसार अध्ययन गर्दा शिक्षकले हातको संकेतले साथीभाइसँग कुरा गरेको देखे पिट्थे ।
ओठेलिपि सहि छैन भन्ने भएपछि मात्रै साङ्केतिक भाषाको विकास भएको हो । इटालीबाट चार जना बहिरा नेपाल घुम्न आएका थिए । नेपालमा बहिराले इसाराले बोलेको देखेपछि उनीहरूले साङ्केतिक भाषा हुन्छ भनेर सिकाए ।
आफ्ना हक अधिकारको लागि बहिरा संघ खोल्नुपर्छ भनेर सिकाए । २०३४ सालमा काठमाडौं बहिरा संघको स्थापना भयो । संस्था दर्ता गर्न भने निकै कठिन भयो । पञ्चायतमा बहिरा तथा अपाङ्गतालाई हेयको दृष्टिले हेरिन्थ्यो
आफ्ना हक अधिकारको लागि बहिरा संघ खोल्नुपर्छ भनेर सिकाए । २०३४ सालमा काठमाडौं बहिरा संघ स्थापना भयो । संस्था दर्ता गर्न भने निकै कठिन भयो । पञ्चायतमा बहिरा तथा अपाङ्गतालाई हेयको दृष्टिले हेरिन्थ्यो ।
दर्ता नभइ रक्तदान, सचेतना सडक नाटक जस्ता सामाजिक कार्य गरेपछि राजा वीरेन्द्रले जन्मोत्सवको दिनमा भेट दिन्थे । त्यही दिन बिन्ती बिसाएपछि मात्रै दर्ता भएको थियो । २०४६ सालमा बहुदलको लागि कांग्रेस र एमालेको आन्दोलन चर्किरहेको थियो । प्रजातन्त्र आएपछि बहिरा कल्याण संघको स्थापना भयो ।
२०५२ मा आठ जिल्लाका बहिरा संघ मिलेर राष्ट्रिय बहिरा संघ स्थापना भयो । यो विश्व बहिरा महासंघमा पनि आबद्ध छ । अपाङ्गता भएकालाई समाजमा पारिएको छ, एकजुट भएर लाग्नुपर्छ भनी संस्था स्थापना गरिएको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि युएनसीआरपीडी नेपाल सरकारले लागू गरिसकेको छ ।
राघववीर दुई कार्यकाल राष्ट्रिय बहिरा महासंघ नेपालको अध्यक्ष भए । २०६२/६३ को आन्दोलनपछि अधिकारको लागि काठमाडौं बहिरा संघको अधिवेशनमा नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरियो । संविधान सभामा आफ्नो समुदायको प्रतिनिधित्वको माग उठाए ।
तर, उक्त पार्टीले प्रतिनिधि पठाएन । नेकपा संयुक्तबाट समानुपातिक प्रतिनिधि भए । नेपालभरिका बहिरा साथीहरूले भोट गरे । पाँच सिट पाएकामध्ये उनी एक थिए । संसद्मा जानु संविधानमै बहिराको हक अधिकार सुनिश्चित गर्ने उद्देश्य थियो ।
नि:शुल्क शिक्षा, ब्रेललिपिको व्यवस्था, दोभाषे, स्वास्थ्य उपचार र रोजगार यीनै कुरा सुनिश्चित गर्नु थियो । अर्को, बहिराको लागि सवारी लाइसेन्स पहल गरे । अहिले पनि गरिरहेका छन् । दोभाषे राखेर उनले आफ्ना माग राखे ।
संसदमा सुरुमा सबैको दृष्टिमा परे । बहिराले संसदमा कसरी कुरा राख्छ ? भन्ने जिज्ञासा थियो । दोभाषेमार्फत कुरा राखेपछि यिनीहरु पनि सक्षम रहेछन् भन्ने भयो । तत्कालीन सभापति सुभाषचन्द नेम्बाङसँग दोभाषेको माग राखे । संसद्को सबै समयमा आफ्ना मागहरू राख्न पाए ।
संसदमा सुरुमा सबैको दृष्टिमा परे । बहिराले संसद्मा कसरी कुरा राख्छ ? भन्ने जिज्ञासा थियो । दोभाषेमार्फत कुरा राखेपछि यिनीहरु पनि सक्षम रहेछन् भन्ने भयो । तत्कालीन सभापति सुभाषचन्द नेम्बाङसँग दोभाषेको माग राखे । संसद्को सबै समयमा आफ्ना मागहरू राख्न पाए
सबैको कुरा थियो- बहिराहरूले हर्न सुन्न सक्दैनन्, कसरी सवारीसाधन चलाउँछन् ? तर, सवारी सुनेर भन्दा पनि आखाँले हेरेर चलाउने हो । विश्वमा कति देशमा हर्न निषेधित छ । काठमाडौंमा पनि त्यसको अभ्यास भएको हो । सवारी साधन हर्नले होइन, संकेतले चल्ने हो । लुकिङ ग्लासमा हेरेर चलाउने हो ।
जोशीले २०३९ देखि लाइसेन्स लिएर गाडी र बाइक चलाउँदै आएका छन् । त्यतिबेला बहिराले लाइसेन्स नपाउने भन्ने थिएन । २०४९ को ऐनबाट बहिराले लाइसेन्स नपाउने व्यवस्था भएको हो । सुन्न सक्नेले पनि गाडीमा गीत, समाचार सुन्दै चलाउँछन् ।
सुन्न सक्नेहरूबाटै धेरै सवारी दुर्घटना भएको छ । बहिराको ध्यान देख्नमा हुन्छ, त्यसकारण पनि दुर्घटनाको जोखिम कम हुन्छ । चीलले आकाशबाट जनावरको आवाज सुनेर हन्ट गर्ने होइन । उसले देखेर गर्छ । गाडी चलाउनु पनि त्यस्तै हो ।
हाल ९९ देशले बहिराहरूलाई लाइसेन्स प्रदान गरेको छन् । भारतमा पनि केही प्रदेश बाहेकमा सन् २०१८ बाट दिन थालिएको हो । जापान, थाइल्याण्ड, हङकङ, फिलिपिन्स लगायत देशहरूले दिएको छ । चीनमा कान सुन्ने मेसिन लगाएकाले मात्रै पाउँछन् ।
अल्पसंख्यक तथा सीमान्तकृत समुदायको समिति थियो । तर समितिले सबै कुरा समेट्न सकिदैन । संविधानमा साङ्केतिक भाषामा सञ्चार गर्न हक हुनेछ भन्ने छ । तर राष्ट्रिय भाषाको रूपमा मान्यता छैन । भाषा आयोगको प्रतिवेदनमा पहिचान छ, तर मान्यता छैन । सवारी लाइसेन्सको २०६१ सालदेखि पहल गर्न थालेका हुन्।
सर्वोच्चले २०६९ चैत २९ गते बहिरा नागरिकलाई एक वर्ष भित्र लाइसेन्स उपलब्ध गराउने निर्णय गर्यो । तर, भौतिक तथा यातायात मन्त्रालयले दिएन । २०७० मा सर्वोच्चको फैसला कार्यान्वयनको लागि फेरि न्याय खोज्न गए।
तर यस्ता व्यक्तिको चालक क्षमताको परीक्षण गरी तोकिएको मापदण्ड पूरा गर्नुपर्ने भनियो । २०७३ असोज १८ ऐन संशोधन भएर आयो । फेरि रोकिदिए । मन्त्रालयले यातायात व्यवस्था देखाउने, विभागले सडक विभागलाई देखाउने काम भयो ।
पत्राचार गरेपछि यो मापदण्ड विश्वमै कहीँ पनि तोकिएको छैन । सडक विभागले त्यो पत्र दियो । नेपालभर सडक विभाग अन्तर्गत सडकहरू नेपाल रोड स्ट्यान्डर्ड, २०७० अनुसार डिजाइन भइरहेको सन्दर्भमा ध्वनि सुन्न नसक्नेले सवारी चलाउन मिल्ने सडकको मापदण्ड नरहेको बतायो ।
केही उपाय नलागेपछि २०७६ मा माइतीघरमा बहिराहरूले आन्दोलन नै गरे । सरकारले केही छलफल गर्यो । ‘संघीय ऐन संशोधन हुँदैछ, त्यसमा हाम्रा मागहरू पनि परेका छन् । तर सरकार परिवर्तन भएसँगै कर्मचारीहरू परिवर्तन हुने हुँदा समस्या भएको छ,’ राघवले भने ।
अहिले तोकिएको मापदण्ड हटाएर निजी तथा साना मझौला गाडी चलाउन दिने भन्ने छ । बहिराहरूको माग मझौला र माइक्रोबससम्म चलाउन दिनुपर्छ भन्ने छ ।
राघव थप्छन्, ‘बहिराको रोजगारीको कुरा छ । उनीहरूले काम गरेर खान पाउनुपर्यो । धेरै बेरोजगार छन् । चालकमात्रै नभएर अन्य अफिस तथा कम्पनीमा काम गरे पनि आवतजावतको लागि सवारी चाहियो । सार्वजनिक बस जहाँ र जति बेला पनि उपलब्ध हुँदैन ।’
अरू देशहरूमा चलाइरहेका छन् । नेपालका बहिरा मात्रै कसरी अयोग्य हुन्छन् ? सडक मापदण्ड नहुँदा नदिने भन्ने सरकारको कुरा हो तर यो वैज्ञानिक छैन
अरू देशहरूमा चलाइरहेका छन् । नेपालका बहिरा मात्रै कसरी अयोग्य हुन्छन् ? सडक मापदण्ड नहुँदा नदिने भन्ने सरकारको कुरा हो तर यो वैज्ञानिक छैन । विना लाइसेन्स पनि केहीले चलाएका छन् । ट्राफिकले चेक गर्छ, अपाङ्गता परिचयपत्र देखाउने गरिन्छ । तर प्रहरीले समातेर राख्दिछन् । सवारी नै खोसेर राख्दिने समस्या भयो ।
अर्को मुख्य समस्या भनेको सडकमा दुर्घटना भएमा, बहिराको गल्ती नभए पनि लाइसेन्सको अभावको दोषी करार हुनु हो । अरूले हान्दा पनि आफैँले क्षतिपूर्ति दिनुपर्ने भयो । केही साथीले ट्रायल दिएरै पास भएर लाइसेन्स लिएकाहरू छन् । पाँच वर्षपछि नवीकरण गर्न जाँदा भएन । लाइसेन्स खोसेर राखिदिए ।
ठूलै घटनामा दोभाषेको सहयोग लिइन्छ । केही देशहरूमा ट्राफिक प्रहरीले पनि साङ्केतिक भाषा सिकेको पाइयो । तर, अहिले सञ्चार गर्न धेरै प्रविधि आइसकेको छ ।
काठमाडौंमा केही बहिराहरूले पठाओ चलाउन थालेका छन् । तर लाइसेन्स छैन । परिवार छ, काम गर्नुपर्यो । त्यही भएर दिउँसोमा मात्रै चलाउने गरेका छन् । स्मार्ट फोनमा मेसेजमार्फत सेवाग्राहीसँग कुराकानी हुन्छ ।
अहिले लाइसेन्स दिने सवालमा कर्मचारी सकारात्मक छन् । हरेक पटकको मन्त्रीसँग कुरा राखिरहेका छौँ । बल्ल-बल्ल एक मन्त्रीलाई बुझाएका हुन्छौँ, सरकार परिवर्तन भैदिन्छ । फेरि नयाँ मन्त्रीलाई सुरुदेखि भन्नुपर्छ, बुझाउनुपर्छ ।
काठमाडौंमा केही बहिरा साथीहरूले पठाओ चलाउन थालेका छन् । तर लाइसेन्स छैन । परिवार छ, काम गर्नुपर्यो । त्यही भएर दिउँसोमा मात्रै चलाउने गरेका छन्
पहिले कुराकानी गर्न, आफ्ना भावना व्यक्त गर्न घरपरिवार, स्कुल सबैतिर गाह्रो थियो । अहिले साङ्केतिक भाषाको विकास भयो र घरमा कान्छी छोरीले पनि सिकेकी छन् । त्यसले गर्दा केही सहज भएको छ । पहिले दोभाषे पनि थिएनन् । कार्यालयतिर जाँदा दोभाषे लिएर जान्छन् ।
मानव अधिकार समान रूपले पाउनुपर्छ । नसुन्नेहरू पनि मानिस हुन्, अवसर पाएको अवस्थामा सुन्नेहरूले सरह काम गर्न सक्छन् । रोजगारी, शिक्षा, स्वास्थ्य, सुचनाको पहुँचमा समानता चाहियो । नेपाल टेलिभिजनले एक बुलेटिन मात्रै दोभाषे राखेको छ । त्यसमाथि पनि निकै सानो स्क्रिनमा ! बोल्ने मान्छेको आवाज सुन्ने हो ।
उसलाई सानो स्क्रिनमा देखाउँदा पनि हुन्छ । कतिपय बहिराको आँखा पनि कमजोर हुन्छ । त्यो सानो स्क्रिनमा कसरी देख्ने ? महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा बहिरा महासंघले प्राइम टाइम टेलिभिजनमा समाचार कार्यक्रम सञ्चालन गरेको थियो । फूल स्क्रिन अर्थात एङ्कर र दोभाषे बराबर देखिनेगरी गरेका थियौँ ।
त्यो धेरै राम्रो भएको थियो, धेरै बहिराले त्यो कार्यक्रम हेर्थेँ । बहिरा श्रीमान् र श्रीमति हुँदा गर्भावस्थाको समयमा चेकअपमा जाँदा धेरै समस्या भयो । दाजुभाइको अशंवण्डामा बहिरा भाइलाई मिचिएको अर्थात् अंश कम दिएको पाइयो । बिहे गरिदिँदैनन् । नगरपालिकामा धेरै माग राखेपछि काठमाडौं महानगरले दोभाषे उपलब्ध गराएको छ । २५ जनालाई रोजगार पनि दिएको छ । मन्दिर, बाटो सफा गर्ने, राम्रै तलब पाएका छन् । यसरी सबै पालिकाले बहिराको रोजगारीको लागि योजना बनाउनुपर्छ ।
बेलायतमा बहिरा डाक्टर छन् । दोभाषे राखेर उनीहरूले मेडिकल सेवा दिइरहेका छन् । अमेरिकामा पाइलट छन् । हामी भने सवारी लाइसेन्स दिन पनि हिच्किचाइरहेका छौँ । बहिराले सक्दैनन् भन्ने होइन, सीप सिकाएर अघि बढाउने हो । बहिराहरूले खेलमा पनि राम्रै गरेका छन् ।
ब्यूटी कम्पिटिसनमा भाग लिएका छन् । मनोरञ्जनको लागि फिल्म हेर्ने गरेका छन् । पूरै फिल्म हेरियो भने भाव वा फिल्मको सन्देश बुझिन्छ, मैले रामायण हेर्ने गरेको छु । सब टाइटल भएमा सबै बुझिन्छ । हलिउडमा कोडा फिल्म बनेको छ । त्यसमा धेरै बहिरा कलाकारहरू छन् ।
बहिराहरूले आफैँले होटल, रेष्टुरेन्ट सञ्चालन गरेका छन् । आफैँ व्यवसायको सम्भावना खोजी गरेका छन् । वेटर, औषधी कम्पनी र उद्योगहरूमा कार्यरत छन्
बहिराहरूले आफैँले होटल, रेष्टुरेन्ट सञ्चालन गरेका छन् । आफैँ व्यवसायको सम्भावना खोजी गरेका छन् । वेटर, औषधी कम्पनी र उद्योगहरूमा कार्यरत छन् ।
राघववीरले पनि दिल्लीमा दुई वर्ष तालिम लिएर फोटो स्टुडियो खोले । व्यापार खस्कँदै गएपछि छोडेर पछि प्रिन्टिङ प्रेस खोले । प्रेस परिवारमा संयुक्त गरे । त्यसमा पनि भुक्तानी ढिला आउने, कति आउदै नआउने भएपछि छोडे । भाइले मात्रै प्रेस हेरिरहेका छन् ।
सांसद् भइसकेको मान्छेलाई मन्त्री पनि बनौँ’ भन्ने हुन्छ । उनी एसियाकै पहिलो बहिरा सांसद् हुन् । यदि मन्त्री बने भने विश्वकै पहिलो मन्त्री हुनेछन् । विश्वमा हालसम्म ९ जना मात्रै बहिरा सांसद् भएका छन् । अवसर पाएमा मन्त्रीको जिम्मेवारी निर्वाह गर्न सकिन्छ । अघिल्लो निर्वाचनमा ललितपुर-२ बाट प्रत्यक्ष लडेका थिए । गठबन्धनको कारणले हार ब्यहोर्नुपर्यो ।
आफ्नै समुदायको हक अधिकारको लागि लड्ने । जनचेतनाको अभाव छ । बहिराहरू अपराधमा पनि संलग्न छन् । तीनकुनेमा केही मानिसहरूको हत्यासम्म भयो । उनीहरूलाई के काम सहि र के काम गतल हो भनेर सिकाउन सकिएको छैन । मानसिक परामर्श दिनुपर्छ ।
घरपरिवारले नै अपहेलना गर्दा अवसरबाट वञ्चित भएका छन् । एक्लेपना महसुस गर्छन । ५४ जिल्लामा बहिराको संस्था छन् ।
तर, परिवारले हेरचाह गरेको जस्तो अरूले गरेको हुँदैन । कति योगा ध्यानमा सहभागी गराउँदैनन् । आसन आँखा बन्द गरेर सुन्नुपर्ने हुन्छ । त्यो सम्भव भएन । केहीले जिम गर्ने गरेका छन् ।
अभिभावकले लाटालाटीलाई पढाएर के काम भन्ने स्थिति छ । लाटालाटी भन्न पाइँदैन भन्नेसम्म थाहा छैन । नपढाएर गोठालो लगाएका छन् । अभिभावकलाई चेतना जगाउने काम गर्नुपर्ने छ । अभिभावक आफैँले पनि साङ्केतिक भाषा सिक्नुपर्यो ।
स्वस्थ बच्चा जन्माउन गर्भावस्थादेखि नै आमाको खानपान, स्वास्थ्य जीवनशैलिमा ध्यान दिनुपर्छ । बच्चाले सुन्दैन भन्ने कुरा छिटो थाहा पाएर उपचार गर्न सकियो भने पनि सुन्न सकिने हुन्छ ।
अरू बहिरो कति सफल भएका छन्, हेर्नुपर्छ, सिक्नुपर्छ । समयमा उपचार गर्नुपर्यो । महासंघमा सल्लाहकारको रूपमा रहेर काम गर्दा साङ्केतिक भाषालाई राष्ट्रिय भाषामा लैजाने, शिक्षा पछि रोजगारीमा जोडिने पाउने, स्वास्थ्य सेवा, प्रहरी कार्यालयमा दोभाषेको व्यवस्था गर्नुपर्छ । सरकारले बजेट बढाइदिनुपर्यो ।
राघववीरका अनुसार मधेश-पहाड भन्दा हिमाली भेगमा बहिरालाई धेरै समस्या छ । रोजगारीमा जोड्न शिक्षा चाहियो बहिराको लागि साङ्केतिक पाठ्यक्रमको विकास गर्नुपर्छ । बहिरा बच्चा नजन्मियोस् भन्नको लागि गर्भावस्थादेखि नै आमाको खानपान, स्वास्थ्य जीवनशैलिमा ध्यान दिनुपर्छ । बच्चाले सुन्दैन भन्ने कुरा छिटो थाहा पाएर उपचार गर्न सकियो भने पनि सुन्न सकिने हुन्छ ।
प्रतिक्रिया