बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै « Khabarhub

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिन अघि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार लामाले आज विश्वासको मत लिन लागेका हुन् ।

लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ ।

यसअघिको एमाले–माओवादी गठबन्धन तोडिएर संघमा कांग्रेस–एमालेको समीकरण बनेपछि बागमती प्रदेशमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका थिए ।

 

 

 

 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ६ : ३७ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स