पाकिस्तानमा अहमदिया समुदायविरुद्धको दमनप्रति राष्ट्रसंघको चिन्ता « Khabarhub

पाकिस्तानमा अहमदिया समुदायविरुद्धको दमनप्रति राष्ट्रसंघको चिन्ता


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा अहमदिया समुदायविरुद्ध दमनका घटना बढ्न थालेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

पाकिस्तानमा अहमदिया समुदायका मानिसहरुविरुद्ध गैरन्यायिक हत्या र उनीहरुको धर्मस्थलमा आक्रमणका घटना थालेको भन्दै राष्ट्रसंघका विज्ञहरुले चिन्ता प्रकट गरेका हुन् ।

राष्ट्रसंघका ८ जना स्वतन्त्र विज्ञहरुले विज्ञप्ति जारी गर्दै अहमदिया समुदायलाई लक्षित गरी हुँदै आएका दमन र भेदभावविरुद्ध कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार हालै मात्र साद उल्लाह पुरमा अहमदिया समुदायका दुई जनाको गैरन्यायिक हत्या भएको थियो ।

पाकिस्तानमा ५ लाखभन्दा धेरै अहमदिया समुदायका व्यक्तिहरुको बसोबास रहेको बताइन्छ । पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : २९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय