भारतविरोधी गतिविधि रोक्न क्यानाडालाई आग्रह | Khabarhub Khabarhub

भारतविरोधी गतिविधि रोक्न क्यानाडालाई आग्रह


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानाडामा भारतविरोधी गतिविधि बढ्न थालेको भन्दै भारतले चिन्ता व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले क्यानाडामा भारतीय नेताहरु, भारतीय संघसंस्था, हवाई सेवा कम्पनी एवम् कूटनीतिज्ञमाथि हिंसात्मक धम्की आएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले क्यानाडालाई भारतविरोधी गतिविधि नियन्त्रण गर्न समेत आग्रह गरेका छन् ।

पछिल्लो समय भारत र क्यानाडाबीच सम्बन्धमा तिक्तता आएको बताइन्छ । खासगरी खलिस्तानी अतिवादी नेता हरदीप सिंह निज्जरको हत्या भएको घटनालाई लिएर दुई मुलुकको सम्बन्धमा चिसोपन आएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएका थिए । भारतले भने यस्तो आरोप खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ९ : १७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा