भारतविरोधी गतिविधि रोक्न क्यानाडालाई आग्रह « Khabarhub

भारतविरोधी गतिविधि रोक्न क्यानाडालाई आग्रह


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानाडामा भारतविरोधी गतिविधि बढ्न थालेको भन्दै भारतले चिन्ता व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले क्यानाडामा भारतीय नेताहरु, भारतीय संघसंस्था, हवाई सेवा कम्पनी एवम् कूटनीतिज्ञमाथि हिंसात्मक धम्की आएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले क्यानाडालाई भारतविरोधी गतिविधि नियन्त्रण गर्न समेत आग्रह गरेका छन् ।

पछिल्लो समय भारत र क्यानाडाबीच सम्बन्धमा तिक्तता आएको बताइन्छ । खासगरी खलिस्तानी अतिवादी नेता हरदीप सिंह निज्जरको हत्या भएको घटनालाई लिएर दुई मुलुकको सम्बन्धमा चिसोपन आएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएका थिए । भारतले भने यस्तो आरोप खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ९ : १७ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो