बागलुङमा आलुखेती विस्तार, नयाँ प्रविधिको प्रयोगबाट उत्पादन « Khabarhub

बागलुङमा आलुखेती विस्तार, नयाँ प्रविधिको प्रयोगबाट उत्पादन


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् ।

पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

वर्षौँदेखि परम्परागत रूपमा आलुखेती गर्दै आएका किसानले अहिले नयाँ प्रविधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् । ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्न आलुखेतीतर्फ आकिर्षत गर्न थालेको हो ।

आर्थिक वर्ष २०८०–८१ मा मात्रै एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको छ । ज्ञान केन्द्रले एक सय ५० हेक्टर क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको थियो । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ ।

ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि दुई करोड ६० लाख लगानी गरेको छ । गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि तीन करोड ६० लाख विनियोजन गरेको थियो । कृषि ज्ञान केन्द्रले ६८ कृषि समूह तथा कृषि सहकारीमार्फत एक सय ५० हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको हो ।

जिल्लाको निसीखोला, ढोरपाटन, तमानखाला, ताराखोला, काठेखोलालगायत क्षेत्रमा बढी आलु उत्पादन हुने गरेकामा पछिल्लो समय तल्लो क्षेत्रका किसानले पनि आलुखेतीतर्फ चासो दिन थालेका छन् । आलुखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादन पनि बढेको हो ।

अघिल्लो वर्ष एक अर्ब ३४ करोड बराबारको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष तीन हजार ६ सय ५५ हेक्टर क्षेत्रमा आलुखेती भएकामा यस वर्ष बढेर तीन हजार सात सय ८० हेक्टर पुगेको छ ।

जिल्लामा प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन हुने उनको भनाइ छ । गत वर्ष ५९ हजार छ सय ५० टन उत्पादन भएको थियो । उनका अनुसार हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

यस वर्ष बर्खे आलु खन्ने याममा सुरु हुन थालेको प्रमुख सिलवालले बताए । आलु फाइदाजनक बाली भएको हुँदा यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने भएपछि धेरैको आकर्षण बढेको उनको भनाइ छ ।

काठेखोला गाउँपालिका–३ का किसान ज्ञानबहादुर छन्त्यालले वर्षौँदेखि परम्परागत आलुखेती गर्दै आएकामा अहिले नयाँ तरिकाबाट खेती गर्न थालेको बताए ।

उनले कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीका लागि उन्नत जातको बीउसमेत अनुदानमा दिएको जनाउँदै गाउँमा आलुखेती राम्रो भएको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : ३१ बजे

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत,

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका