‘साना दल अस्थिरताका कारण बने, ‘थ्रेसहोल्ड’ ३ प्रतिशतबाट बढाउँछौँ’ « Khabarhub

‘साना दल अस्थिरताका कारण बने, ‘थ्रेसहोल्ड’ ३ प्रतिशतबाट बढाउँछौँ’


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेससँग सत्ता सहकार्य भएको बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा सोमबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमै प्रश्न उठ्न थालेकाले मिल्नुपरेको बताएका हुन् ।

लोकतन्त्रलाई बलियो बनाउन एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको उनको तर्क थियो ।

‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामा नै अविश्वास पैदा भयो’, उनले भने, ‘त्यसको अन्त्य गर्न चुनावी प्रणाली र संविधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले कांग्रेसको साथ लिएका हौँ।’

महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको बताए ।

उनले थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताए । सरकार बनाउँदा साना दलको बार्गेनिङका कारण अस्थिरता हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको दाबी गरे ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : ३६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने