वामपन्थीहरूको एकता एकादेशको कथा : शंकर पोखरेल | Khabarhub Khabarhub

वामपन्थीहरूको एकता एकादेशको कथा : शंकर पोखरेल


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताएका छन् । 

प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले वामपन्थीहरूको बीचमा एकता अब एकादेशको कथा भैसकेकोले पुरानै बाटोबाट अघि बढ्न नसक्ने समेत बताए ।

उनले साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकोले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रिकरण हुन आवश्यक भएको धारणा राखे  ।

दुई प्रमुख दुई दल मिलेर अगाडि बढ्न अठोट गर्दा स्वाभाविक रूपमा मानिसहरूमा प्रश्न उब्जिएको भन्दै पोखरेलले मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि मिल्दै आएको स्मरण गरे । अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा लगातार गठबन्धन भत्काउने काम भएको उनले बताए ।

उनले स्थायित्व र विकासको लागि बलिया राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको बताए । 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’