नेपाली समाजमा खीरको महत्व « Khabarhub

नेपाली समाजमा खीरको महत्व


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

खीर नेपालीको सांस्कृतिक परिकार हो । भगवानलाई प्रसादका रूपमै चढाइने खीर हरेक भोजभतेर, श्राद्ध, पूजाआजा, विवाह, व्रतबन्धको अनिवार्यजस्तै परिकार हो । बच्चालाई पहिलो अन्नको रूपमा पास्नीमा खीर नै चखाउने गरिन्छ । 

बच्चालाई दूध र भात खुवाउने हाम्रो पुर्खौंदेखिको चलन हो । । पानी नमिसाएर दूधमा मात्रै चामल राखेर पकाउँदा अझ पोसिलो हुने जनस्वास्थ्यविद्‌ डा.अरुणा उप्रेती बताउँछिन् । 

साउन १५ मै किन खाने खीर ? 
साउनमा खीर खानुको कारण ठ्याक्कै यही हो भन्न त सकिँदैन । ‘तर साउनमा जताततै हरियो चरनहरू हुने भएकाले गाईभैँसीले राम्रो घाँस खान पाउँदा दूध धेरै दिन्छन् । त्यसैले पनि खीर खाने चलन चलेको हुन सक्छ,’ डा. उप्रेती भन्छिन् । 

असार १५ मा दही-चिउरा खाने र साउनमा खीर खाने प्रचलन हाम्रो नेपालमा मात्रै हो, भारतमा छैन । र; कुनै सांस्कृतिक किताबहरूमा पनि उल्लेख भएको पाइएको छैन । 

नेपाल कृषिप्रधान देश भएकाले असारमा खेत रोपेर थाकेका किसानहरूलाई शक्ति प्राप्त होस भनेर पनि यो चलन चलेको हुनसक्ने उनको तर्क छ । पश्चिम नेपालमा साउन १५ मा मात्रै होइन, साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास रहेको छ ।

खीरले स्वास्थ्यमा गर्ने फाइदा
डा. उप्रेती भन्छिन्, ‘वर्षायाममा विभिन्न खाले पानीजन्य सङ्क्रामक रोगहरू लाग्ने , चाँडैचाँडै मौसम परिवर्तन हुन्छ । छिनमै असाध्यै गर्मी हुने र वर्षाका कारण छिनमै चिसो हुने भएकाले त्यहीँ प्रकारको तागतिलो खानेकुराहरू खानुपर्छ । जुन हामीलाई खीरबाट पनि प्राप्त हुन्छ ।’ 

उसो त दूग्धजन्य सबै परिकारहरू सबै स्वास्थ्यका लागि फाइदाजनक नै मानिन्छन् । अझ विशेषगरी चामल राखेर धेरैबेर पकाउँदा दूधमा हुने तत्त्व र गुण बढ्ने भएकाले शरीरलाई धेरै फाइदा पुग्ने उनको भनाइ छ । 

कस्तो खीर स्वस्थवद्धर्क ? 
पछिल्लो समय खीर पकाउँदा धेरै चिनी, घ्यू र मसलाहरू राख्ने गरिन्छ । त्यसरी पकाइएको खीर खान त मीठो हुन्छ, तर स्वास्थ्यलाई  त्यति फाइदा नपुग्ने डा. उप्रेती बताउँछिन्‌ ।

त्यसैले खीर पकाउँदा सकेसम्म चिनीको प्रयोग नगर्ने, गरे पनि थोरै मात्रामा गर्ने, घ्यू लगायत मसलाहरू पनि ठीक मात्रामा प्रयोग गर्न उनको सुझाव छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : ५६ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको